मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
टिमुर कुनै खानामा अतिरिक्त स्वादका लागि प्रयोग गरिनु सामान्य मानिन्छ । टिमुर हालेको अचार, छोइला, मासु, आलुको परिकार होस् वा नूडल्स स्वाद नै भिन्न हुन्छ तर कमैलाई थाहा होला, टिमुर एक अचुक औषधि पनि हो ।
पछिल्लो समय टिमुरको प्रयोग स्वादका लागि मात्र होइन, ओखतीको रुपमा पनि यसले काम गर्छ भन्ने धेरैले बुझ्न थालेका छन् ।
टिमुरले खासगरी बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन सहयोग पुर्याउँछ । टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बृद्धि गराउँछ । नेपाली टिमुर पछिल्लो समय विश्वबजारमै लोकप्रिय बन्दै गएको छ ।
नेपालका प्रायः पश्चिमी भूभागमा उत्पादन हुने टिमुर हरेक वर्ष विश्वभर निर्यात हुँदै आएको छ । यो बहुउपयोगी छ । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । टिमुरलाई मसला र औषधिको रुपमा प्रयोग गरिन्छ ।
नेपाली बजारमा प्रतिकिलोग्राम ४५० देखि ५०० रुपैयाँसम्मका दरले यसको किनबेच हुन्छ । विश्वबजारमा यसको अत्याधिक माग भएकाले यसबाट मनग्य आर्थिक लाभ पनि लिन सकिन्छ ।
टिमुरका पातहरूमा टुप्पा तिखा हुन्छन् । यसको बोटमा हरिया र केही पहेंला स–साना फूलहरू हुन्छन् । प्रायः एक विरुवामा भाले तथा पोथी दुवै फूल पाइँदैन । झुप्पाका फूलहरू फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन् । यसका फलहरू स–साना, राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने हुन्छ । यी फलहरूबाट वासना पनि आउँछ ।
बीउ गोलो र सानो हुन्छ । यसका गेडा अर्थात् फलहरू पाक्ने समयभन्दा केहीअघि नै बोटबाट संकलन गरिन्छ । आयुर्वेदिक प्रणाली अनुसार यसले वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजीर्ण र हैजा इत्यादि रोगहरू निको पार्न प्रयोग गरिन्छ । माछाको विषमा पनि प्रयोग गरिन्छ टिमुर ।
टिमुरको अचार वा कुनै नूडल्समा मिसाइने गरिन्छ, जसले त्यसको स्वाद दोब्बर बढाउँछ । स्वादका लागि मात्र होइन, औषधिको रुपमा पनि यसले काम गर्छ । नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोप हुँदै गएको छ भने बजारमा लोकप्रियता भने बढ्दै गएको छ ।
हरेक वर्ष विश्वभर निर्यात हुँदै आएको टिमुर नेपालको पश्चिमी जिल्लाको उच्च भू–भागमा जहाँतहीँ पाइन्छ । नयाँ प्रजातिको टिमुरको बोक्रामा १५.२, फूलमा ४.४२ र बीउमा ०.५ प्रतिशत सुगन्धित तेल पाइएको विज्ञहरूले जनाएका छन् । नेपालमा हालसम्म टिमुरका ९ वटा प्रजातिहरू मात्र फेला परेका छन् । नेपालको टिमुर जर्मनीमा ५० ग्राम नेपाली टिमुर ८५० रुपैयाँमा बिक्दो रहेछ अर्थात् १ किलोको १७ हजार रुपैयाँ पर्छ । चिटिक्क बट्टामा प्रोसेसिङ र प्याकेजिङ गरेर सम्पन्न बजार छिराउन सके (मेडिकल एण्ड अर्थाेमेटिक प्लान्ट–एमएपीएस) को सम्भावना युरोपमा व्यापक भएको पुष्टि भएको छ ।
औषधीय गुण
– टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, ऊर्जा प्रदान गर्ने, जरो, अजीर्ण, हैजा आदि समस्यालाई निको पार्ने काम गर्छ ।
– आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।
– न्यून रक्तचाप भएका व्यक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्याउने गर्छ ।
– गाउँघरमा अझै पनि हातखुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरी निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।
– टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।
– कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।
– टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौं गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुकाहरूलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।
– पेट सम्बन्धी रोगमा, हैजामा टिमुरको प्रयोग, ज्वरो र कफमा पनि टिमुर प्रयोग गर्न सकिन्छ ।
– टिमुरको ताजापातलाई पिसेर चामलको पिठोसँग मिलाएर गरम गर्ने र गलामा बाँध्नाले गलाको सूजन हट्दछ ।
– टिमुरको सेवनले घाउँखटिरा निको पार्न पनि फाइदा पुर्याउने बताइएको छ । टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाउँमा भुरभुराउने (छर्कने) र यसको बोक्रा (जराको बोक्रा) को काँढाले व्रण अर्थात् घाउँ धुनाले निकै लाभ हुन्छ ।
– जडिबुटी शास्त्रका अनुसार गठिया बातमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले राम्रो फाइदा गर्छ । मनमस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो ग्रहणीय वस्तु रहेको जडीबुटी शास्त्रले मुक्त कण्ठले चर्चा गरेका छन् । यसलाई पौष्टिक पनि मानिएको छ । वात, अर्बुद, उदररोग, आँखा, कान र ओंठको रोग, शिरको बोझ, दम, प्लिहा, पिसाब सम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिने जडीबुटी ग्रन्थमा चर्चा छ ।
– टिमुरलाई खाद्य पदार्थको रुपमा प्रयोग गर्दा औषधिको काम नगरेर भोजनको काम गर्न पनि सक्ने हुनाले उपचारको लागि प्रयोग गर्दा सकभर औषधीय तरिकाबाट प्रयोग गर्नुपर्छ, जसले बढी फाइदा दिन सकोस् ।
– टिमुरले कलेजोको सुरक्षा गर्नुको साथै त्यस्तै ‘फूड पोइजनिङ’ हटाउने काम गर्छ ।
– दाँतमा कीरा लाग्ने ब्याक्टेरियालाई मारेको ९४ प्रतिशत भेटिएको प्रमाणित भएको छ । कतिपय दन्त मञ्जनमा टिमुरकै प्रयोग हुन्छ । दाँतको सुरक्षा गर्छ भनेर नयाँ तथ्य नै पत्ता लागेको छ ।
– आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।
यसकारण उपयोगी
– नेपालमा विशेषगरी टिमुरलाई अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा वा धुलो बनाएर प्रयोग गरिन्छ । यो एक प्रमुख मसला हो । नेपालको थकाली भान्सा टिमुर विना अधुरो रहन्छ ।
– यसलाई छोइला, मासु र विभिन्न प्रकारका तरकारीलाई स्वादिष्ट बनाउनमा पनि प्रयोग गरिन्छ । यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ । चाइनिज भान्सामा त टिमुर अनिवार्य नै हुन्छ । थाइल्याण्ड तथा युरोपतिर पनि यसको प्रयोग अत्याधिक हुन्छ । हाल आएर थकाली भान्सादेखि पाँचतारे होटलसम्म टिमुरको माग उच्च छ ।
– टिमुरको फललाई प्रशोधन गरी दन्तमञ्जन, साबुन, अत्तरको रुपमा रुपमा पनि प्रयोग गरिन्छ ।
– टिमुर शृंगार सामग्री निर्माणमा पनि प्रयोग गने गर्छ । सुगन्धको लागि प्रशोधन गरी टिमुरको प्रयोग गरिन्छ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...