मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
साउन ८, २०७७
सरकार समेत हाँकिरहेको नेपालको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको संकटलाई पार्टीका ८ लाख कार्यकर्ता मात्र होइन, स्वदेश र विदेशमा रहेका धेरै नेपाली र भारतीय मिडियाले समेत चासोका साथ हेरिरहेका छन् ।
चालू पाचौं स्थायी कमिटी बैठकमा सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवादले संकटको रूप लिएको थियो ।
संकट समाधानका निम्ति नेताहरूले व्यक्तिगत र सामूहिक पहल जारी राखेका छन् । ओलीले राजीनामा दिनैपर्छ भन्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले आफ्नो यही अडानलाई बटमलाइन बनाएका छन् भने ओली पक्षका नेताहरूले नेतृत्व हस्तान्तरण गर्ने उपयुक्त थलो महाधिवेशन रहेको भन्दै तत्काल प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन नहुने अडानमा अडिग छन् ।
यही विवादका कारण गत असार १० गतेबाट शुरू भएको नेकपाको स्थायी कमिटी बैठक पटक–पटक स्थगनको मारमा परेको छ । नेकपामा शीर्ष नेताहरूले गर्ने व्यक्तिगत समझदारी मान्य नहुने र स्थायी कमिटी बैठकले नै निकास दिनुपर्ने मत राख्ने नेताहरू पनि धेरै छन् तर आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री ओलीले बैठकको सामना गर्ने हिम्मत राख्न सकेका छैनन् ।
नेकपाका नेताहरूले आफूलाई मार्क्सवादी र कम्युनिस्ट भएको दाबी गर्छन् । नेपालमा आफूलाई कम्युनिस्ट मान्ने धेरै घटकहरू छन् । आफ्नो दललाई कम्युनिस्ट मान्ने नेकपा बाहेकका प्रायः सबै नेताहरूले नेकपालाई कम्युनिस्ट मान्दैनन् । हामीले अन्य केही वामपन्थी दलका नेताहरूलाई नेकपाभित्रको विवादलाई कसरी हेरिरहनुभएको छ भनेर प्रश्न गरेका थियौं ।
समझदारीमा विवाद हल नभए बहुमतीय प्रणाली अपनाउनुपर्छ – मोहनविक्रम सिंह, महामन्त्री, नेकपा मसाल
नेकपाभित्र मैले देखेको विवाद राजनीतिक र सैद्धान्तिक हुँदै होइन । यिनीहरूले सत्ता, पद र प्रतिष्ठाका लागि खिचातानी गरिरहेका हुन् र पार्टीभित्र यस्ता मतभेद सिर्जना हुनु सामान्य हो ।
कसलाई प्रधानमन्त्री बनाउने, फिर्ता बोलाउने, पार्टीको अध्यक्ष को ? यस्ता प्रश्नहरू जुनसुकै पार्टीमा पनि उठ्ने गरेका हुन्छन् तर कम्युनिस्ट पार्टीमा त्यस्ता प्रश्नहरू हल गर्ने निश्चित विधि र पद्धति हुन्छन् । नेकपा नाममा मात्र कम्युनिस्ट भएकाले ती पद्धतिहरू मानिएका छैनन् ।
जनवादी केन्द्रीयता नेकपाले अस्वीकार गरेको छ । त्यो प्रक्रिया अवलम्बन गरिएको छैन । दोस्रो बुर्जुवा दलले पनि सामान्य बहुमतबाट विवाद हल गर्छ, नेकपाले त्यो पनि गर्न सकेको छैन । गुटबन्दी गर्ने, कोठे बैठक गर्ने र बाहिर छताछुल्ल विवाद लैजाने र जग हँसाउने काम नेताहरूले गरिरहेका छन् ।
हामीले नेकपालाई कम्युनिस्ट पार्टी नै मान्दैनौं तर मित्रशक्ति भने मानेका छौं । नेकपा हाम्रो दुश्मन शक्ति होइन । मित्रशक्ति भएकाले मैले नेकपाका नेताहरूलाई समझदारीका आधारमा विवाद समाधान गर्न सुझाव दिन्छु ।
समझदारी नभए जारी स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकको बहुमतबाट निर्णय गरेर अघि बढे देश, जनता र नेकपा नै नेताहरूको बन्धनबाट मुक्त हुने थिए ।
यिनीहरू फुटे पनि जुटे पनि कम्युनिस्ट आन्दोलनलाई केही नाफाघाटा हुँदैन – रामसिंह शिरिष, स्थायी कमिटी सदस्य, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी
मार्क्सवादका आधारभूत सिद्धान्त नै छोडेर दलाल पुँजीपति र नोकरशाही वर्गको सेवा गर्ने उद्देश्यले सत्ता चलाइरहेको पार्टी नेकपा आफैंमा विवादको जड हो । नेकपाका नेताहरू विचार र सिद्धान्तका लागि लडिरहेका छैनन् । उनीहरूको आन्तरिक संघर्ष सत्ताको दोहन गर्नका लागि चाहिने पद प्राप्तिका लागि मात्र हो ।
नेकपाका शीर्ष बाहेकका अन्य नेता कार्यकर्ताहरू पनि कुन गुटमा लागे कसले के पाउने भन्ने हिसाबकिताबमा व्यस्त छन् । निश्चित रूपमा जनतालाई नेकपाबाट केही आशा थियो तर त्यो आशा मात्र रह्यो । जनतालाई दिएको वाचा पूरा गर्न सकेनन् यिनीहरूले । अहिले पदका लागि झगडा गरिरहेका छन् ।
यिनीहरू जनताबाट अलोकप्रिय हुँदै जाँदा केही फाइदा हामीलाई पनि होला । त्यहाँभित्र रहेका क्रान्तिकारी साथीहरूले अब त हुँदैन, विकल्प खोज्नुपर्यो भन्ने गरेका छन् । नेकपा अलोकप्रिय हुँदा हामीलाई मात्र होइन, प्रतिगमनकारीलाई पनि फाइदा पुगेको छ ।
हामीले संसदीय व्यवस्थाबाट जनताका आवश्यकता पूरा हुँदैन भनेका थियौं र हामी सही रहेछौँ भनेर नेकपाले पुष्टि गरेको छ । यो व्यवस्थाकै विकल्प खोज्नुपर्छ । यही व्यवस्था कायम रहने हो भने नेकपाबाट ओली र प्रचण्ड प्रधानमन्त्री हुनुमा कुनै तात्विक अन्तर छैन ।
नेकपाभित्र पद र प्रतिष्ठाकै लागि संकट सिर्जना भएकाले यो संकट समाधान हुनु र नहुनुले देशमा कुनै प्रभाव पार्दैन । उनीहरू मिलेर अघि गए पनि, फुटेर अगाडि बढे पनि कम्युनिस्ट आन्दोलनलाई केही नाफाघाटा हुँदैन । उनीहरू कम्युनिस्ट रहेनन् ।
प्रचण्डलाई पूर्व एमालेहरूले युद्ध अपराधमा फसाउने धम्की दिएर साइजमा ल्याएका छन् – गोपाल किराँती, अध्यक्ष, नेकपा माओवादी केन्द्र
हामीले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतालाई माओवादीको एमालेमा विलय भनेका थियौं, अहिले त्यो पुष्टि भएको छ । जसरी माओवादी जनसेनालाई सैद्धान्तिक रूपमा समायोजन भनेर व्यावहारिक रूपमा सेनामा विलय गराइएको थियो, नेकपाभित्रको स्थिति पनि त्यस्तै हो ।
नेकपाभित्रको विवाद अझ चर्को हुँदै जान्छ । एमाले त्यो शक्ति थियो, जसले संविधान निर्माणमा मात्र होइन गणतन्त्र घोषणामा पनि अवरोध गरेको थियो । त्यस्तो शक्तिसँग मिल्न जानु भनेको आत्मसमर्पणबाहेक केही होइन भनेका थियौं । प्रचण्डलाई अझै पनि पछाडि फर्कने बाटो छ । माओवादी केन्द्र जस्ताको त्यस्तै छ, यतै आउन मेरो सुझाव छ ।
२०६३ सालको अन्तरिम संविधानमा सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन दुईतिहाइ सांसद चाहिने व्यवस्था थियो । चुनावपछि माओवादी पहिलो पार्टी बन्यो । माओवादीबाहेक अन्य दलको दुईतिहाइ नपुग्ने भयो । २०६५ सालको जेठ १५ गते गणतन्त्र घोषणा गर्ने दिन कांग्रेस र एमालेले त्यो दुईतिहाइको प्रावधान नहटाए गणतन्त्र नै घोषणा हुन्न भनेका हुन् । माओवादी सामान्य बहुमतीय प्रणालीमा आउन बाध्य भयो । नत्र त्यतिबेलैदेखि सरकार स्थिर हुन्थ्यो ।
हामीले एमालेलाई राम्रोसँग चिनेका थियौं । त्यस्तो प्रतिगामी शक्तिसँग एकता गएर प्रचण्डले राम्रो गर्नुभएको होइन । आफूले नराम्रो गरेको परिणाम अहिले भोग्दै हुनुहुन्छ । उहाँलाई पार्टीभित्र दाह्रा र नंग्रा निकालेर राखिएको छ । अर्को पक्षले उहाँलाई युद्ध अपराधमा फसाउने धम्की दिइरहेको छ ।
हुन त जनताले नेकपालाई ५ वर्षका लागि चुनेका हुन् । उनीहरू झगडा नगरी देश चलाए हुन्थ्यो । कसलाई प्रधानमन्त्री बनाउने र कसलाई निकाल्ने भनेर निर्णय गर्ने काम उनीहरूकै हो । हामीले त सुझाव मात्र दिने हो ।
नेकपाभित्रको विवाद एउटा समूहले कमाएको देखेपछि अर्कोले टुलुटुलु हेर्न नसकेर सिर्जना भएको हो – विश्वभक्त दुलाल ‘आहुती’, वैज्ञानिक समाजवादी पार्टी नेपाल
नेकपाभित्र विवाद कसरी समाधान हुन्छ भन्ने प्रश्नको जवाफ एकता नै किन भयो भन्ने प्रश्नमा छ । यिनीहरू तत्कालका लागि भागबण्डा गरौं र विचार सिद्धान्तका कुरा पछि गरौंला भनेर एक भएका हुन् ।
यिनीहरूको शुरूआत नै बेठीक थियो भने परिणाम ठीक हुने त प्रश्नै हुँदैन । नेकपाभित्र जसलाई हामीले गुट देखेका छौं, तिनीहरू विभिन्न आर्थिक समूहहरू हुन् । एउटा समूहले खाने, अर्को समूहले टुलुटुलु हेर्ने त हुँदैन । खान नपाउने समूहले लफडा त सिर्जना गर्छ । त्यसैलाई अहिले विवाद भनिएको हो । जसको समाधान नेकपाभित्र छैन ।
नेकपाले आफूलाई कम्युनिस्ट दाबी गर्ने गरेको भए पनि खासमा यसले कम्युनिस्ट आन्दोलन बदनाम गराउन र सिध्याउन भूमिका खेलिरहेको छ । जनताले कम्युनिस्ट भनेका भ्रष्ट रहेछन् भनेर बुझेका छन् ।
यिनीहरूको विवाद मिल्ने नमिल्ने कुराले आम जनतालाई खासै प्रभाव पार्दैन । जनतालाई त कोरोनाको जोखिमले तर्साएको छ, लाखौंको रोजगारी खोसिएको छ । जनताको खातामा पैसा हाल्दिनुपर्यो, गफ हाल्दिएर त भएन ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...