गण्डकी प्रदेशमा १० नयाँ संक्रमित फेला, संक्रमितको संख्या १ हजार ३ सय ६०

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३ सय ६० पुगेको हो । 

नयाँ संक्रमितमध्ये कास्कीमा ५ जना थपिएका छन् । पोखरा महानगरपालिकामा वर्ष २३, ३५ र ४० का गरी ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । 


Advertisement

यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वर्ष ५२ की महिला र वर्ष ५५ का पुरुषमा कोभिड–१९ संक्रमण देखिएको छ । 

उता, तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष ४८ का पुरुष, बागलुङ तमानखोलाका २७ वर्षीय पुरुष संक्रमित छन् । 


Advertisement

लमजुङमा थप ३ जना  पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको क्लोहोसोथारका वर्ष २९, बेशीसहरका वर्ष २३ र मध्यनेपाल नगरपालिकाका वर्ष २५ का पुरुषको पीसीआर परीक्षण पोजेटिभ देखिएको हो । 

नयाँ संक्रमित देखिएकाहरुको नमुना पोखरास्थित क्षयरोग उपचार केन्द्र  र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण भएको हो । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता एवं स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार हालसम्म गण्डकीमा १ हजार ९८ जना निको भइ घर फर्केका छन् ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्