०२ साउन २०८३, शनिबार

धमाधम पार्क निर्माण गर्दै काठमाडाैं महानगर

साउन १०, २०७७
धमाधम पार्क निर्माण गर्दै काठमाडाैं महानगर

काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान (पार्क)को शिलान्यास भएको छ ।

विसं २०५५ मा गुरुयोजना बनाएर उद्यान निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म कार्यन्वयन हुनसकेको थिएन। बहुवार्षिक योजनामा राखेर चालू आर्थिक वर्षका लागि महानगरले एक करोड ५० लाख छुट्याएपछि काम अघि बढेको हो।
 
कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज सो उद्यानको शिलान्यास  गर्दै बजेट नपुगेर योजना अलपत्र हुने अवस्था अन्त्य भएको बताए।

उनले बजेटअनुसारको योजना बनाउने होइन, योजनाअनुसारको बजेट विनियोजन गर्ने महानगरको नीति हो । अब पैसा नभएर कुनै पनि योजना अधकल्चो नहुने बताए।
 
उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय सरकार गठन भएपछिको पहिलो संयन्त्र भएकाले थिति बसाउनमै समय लागेको जनाइन्। उनले १८ वर्ष जनप्रतिनिधि नभएको ठाउँ सम्हाल्न त्यत्तिकै पनि सजिलो नभएकोले चर्चा गरिन्।

 उद्यान निर्माण हुने ठाउँ काठमाडौँ महानगरपालिकाको वडा नं ३, बूढानीलकण्ठ नगरपालिका वडा नं ७ र टोखा नगरपालिकाको वडा नं ४ को सिमानामा छ । यहाँ उद्यान बनाउने करिब  दुई करोड ५० लाखको लागत अनुमान गरिएको वडा नं ३ का वडाध्यक्ष  दीपक केसीले बताए।
 
उहाँका अनुसार पहिलो चरणमा उत्तरतर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा काम सम्पन्न गर्ने लक्ष्य छ। बाँकी दोस्रो चरणमा काम गरिनेछ।

कामपा  शहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्या'न दिइएको छ। 'भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतीपूर्ण छ”, डिजाइन टिमका इञ्जीनियर नीलिमा थापा श्रेष्ठले भनिन्, 'पहिलोपटक म त्यहाँ पुग्दा चराहरुको चिरकिर आवाज, रुखकिरुवा र भिरालो जमिनको अवस्थिति देखेपछि मन आनन्दित भएको थियो। त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इकोपार्क राखेका हौँ।'

उद्यानमा किरियापुत्री भवन पनि बन्नेछ। जीवनमा सबैभन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने भएकाले पार्क र किरियापुत्री भवनलाई अन्तर सम्बन्धित बनाइएको कामपाको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्