×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय व्यापारमा कोरोना असर : व्यापार घाटामा २ खर्बको सुधार, निर्यात वृद्धिको सपनामा धक्का !

साउन १३, २०७७

NTC
तस्वीर सौजन्य : भन्सार विभागको वेबसाइटबाट
Premier Steels

अन्तर्राष्ट्रिय मुलुकमा हुने व्यापार घाटामा नेपालले व्यापक सुधार गरेको छ ।

Muktinath Bank

अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब २० अर्बभन्दा बढी व्यापार घाटा कम गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्ला केही आर्थिक वर्षहरूमा निरन्तर वृद्धि हुँदै गएको व्यापार घाटा आर्थिक वर्ष २०७६/७७ मा भने सुधार भएको छ । 


Advertisment
Nabil box
Kumari

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, नेपालले गत आर्थिक वर्ष (आव) २०७६/७७ मा ११ खर्ब ६३ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको छ ।  
यद्यपी अघिल्लो आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा सहनुपरेको थियो ।

Vianet communication

यस्तै आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको थियो । 

नेपालले आर्थिक वर्ष २०७३/०७४ मा ९ खर्ब ११ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको थियो । 

गत आर्थिक वर्षमा अन्तराष्ट्रिय मुलुकबाट नेपालमा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी वस्तुहरूको आयात भएको छ । 

अघिल्लो आवमा भने १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको आयात भएको थियो । 

कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी रूपमा सिर्जना गरेको महामारीका कारण पनि आयात घटेको विश्लेषकहरू बताउँछन् । 

निर्यात बढाउने सपनामा धक्का !

अन्तराष्ट्रिय बजारमा प्रतिवर्ष निर्यात बढाउँदै लैजाने नेपालको सपनामा धक्का लागेको छ । अघिल्ला केही आर्थिक वर्षहरूमा निरन्तर बढ्दै गएको निर्यातमा आर्थिक वर्ष २०७६/७७ मा धक्का लागेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तत्थ्यांक अनुसार, गत आर्थिक वर्षमा नेपालले ९६ अर्ब १५ करोड ९३ लाख रुपैयाँ बढीको वस्तुहरू निर्यात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा अन्तर्राष्ट्रिय मुलुकमा ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँ भन्दा बढीको निर्यात गरेको थियो । 

अघिल्लो आवको तुलनामा नेपालको निर्यात ९५ करोड रुपैयाँभन्दा बढीले घटेको छ ।  

आर्थिक वर्ष २०७३/७४ मा ७३ अर्ब ३ करोड रुपैयाँको वस्तुहरू अन्तराष्ट्रिय बजारमा निर्यात भएका थिए । 

निर्यातमा वृद्धि गर्दै सरकारले आव ०७४/७५ मा ८१ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको निर्यात गरेको थियो । यस वर्ष नेपालले निर्यातमा ८ अर्ब ३२ करोड ३५ लाख रुपैयाँभन्दा बढीले निर्यात बढाएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । जसका कारण सबै क्षेत्र ठप्प बनेका थिए । लकडाउनको मारमा पर्दा अघिल्लो वर्षमा बढ्दै गएको नेपालको निर्यात गत आर्थिक वर्षमा ९५ लाख रुपैयाँभन्दा बढीले घट्न पुगेको हो । 

कोरोनाभाइरसको प्रभाव 

भन्सार विभागका अनुसार कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण व्यापार सन्तुलनमा धक्का लागेको छ ।

विभागका सूचना अधिकारी शिशिर घिमिरे लोकान्तरसँग बताउँछन्, ‘आयात बढ्दै थियो भने निर्यात पनि बढ्दै थियो, कोरोनाभाइरसका कारण यताउता हुन पुग्यो ।’

सरकारले निर्यात वृद्धि गर्ने लक्ष्यमा कोरोनाभाइरसले प्रभाव पारेको उनी बताउँछन् । कोरोना भाइरसको महामारी सिर्जना हुनुपूर्व आयात पनि बढ्दै थियो । निर्यात पनि बढ्दै गएको अवस्थामा अहिले घटेको उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x