×

NMB BANK
NIC ASIA

बुलेट बाइकसहित बेपत्ता गिरी १ महिनापछि भालुपहाडमा मृत फेला

साउन १९, २०७७

NTC
प्रतीकात्मक तस्वीर
Premier Steels

स्याङ्जाबाट बुलेट माेटरसाइकल चढेर पोखरातर्फ आएका एक युवक बेपत्ता भएको ठिक १ महिनापछि मृत फेला परेका छन् ।

Muktinath Bank

स्याङ्जाको चापाकोट–५, सेखाम घर भई पोखरा–५, पर्स्याङ बस्ने १९ वर्षीय पंकज गिरी सोमबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–सुनौली सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भालुपहाडमा राजमार्गभन्दा ४ सय मिटर तल झ्याङमा अडिएको अवस्थामा सोमबार उनको शव फेला परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असार १८ मा स्याङ्जा बाडखोलाबाट ना ४० प ३७२० नम्बरको बुलेट बाइक चढेर पोखरा आएका गिरी लामो समयसम्म परिवारको सम्पर्कमा नआउँदा घटना रहस्यमय बन्दै गएको थियो । परिवार तथा आफन्तले उनको निकै खोजीनीति गरेका थिए ।


Advertisment
Nabil box
Kumari

उनी बेपत्ताको ठिक १ महिनापछि साउन १८ मा भालुपहाड तल सेतीखोला खोंचमा माछा मार्ने मानिसहरुले दुर्घटनाग्रस्त एक मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Vianet communication

सो बाइकको हुलिया प्रहरी र परिवारका सदस्यको सहयोगमा गिरी नै चढेको खुलेपछि उनी दुर्घटनामा परेको आशंकामा प्रहरीले अघिल्लो दिनदेखि त्यसक्षेत्रमा खोजी तीव्र पारेको थियो । प्रहरीले सोको भोलिपल्ट सोमबार (साउन १९) दिउँसो १ बजे मात्र मोटरसाइकल फेला परेको स्थानभन्दा करिब ३० मिटरमाथि पहाडको झ्याङमा कपडासहित उनको कंकाल भेटाएको हो ।

आफन्तले शव पहिचान गरेपछि उनीहरुको जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ । पोखराको बाग्लुङ बसपार्कस्थित सुनील अटो पार्टसमा काम गर्ने गिरी लकडाउन सुरु नहुँदै स्याङ्जा गएको बताइएको छ ।

उनले घर जाँदा चैत ८ मा पोखरा लेकसाइडस्थित पोखरा मोटरसाइकल रेन्ट हाउसबाट सो माेटरसाइकल भाडामा लिएको खुलेको छ । गिरी हराएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा समेत निवेदन दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x