×

NMB BANK
NIC ASIA

उपलब्धीका सूचक देखिने गरी बजेट खर्च गर्न मुख्यमन्त्री पाेखरेलकाे निर्देशन

साउन २०, २०७७

NTC
Premier Steels

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचक देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन्।

Muktinath Bank

प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयको प्रस्तूतिपछि पोखरेलले नतिजामुखी र उपलब्धीका सूचक देखिनेगरी बजेट खर्च निर्देशन दिए। ‘बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ,’ उनले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गत आर्थिक वर्ष धेरै अप्ठारोका बीच राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद दिए। चालु आर्थिक वर्षमा अझ धेरै राम्रो गर्न संयोजनकारी सक्रियता बढ्ने उनको विश्वास छ।


Advertisment
Nabil box
Kumari

कोभिड-१९ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष ०७६/७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको छ। त्यसैगरी चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ। यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको छ।

Vianet communication

सिंचाई र खानेपानीको दीगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न उनले निर्देशन दिए। ‘ठूला खालका जलाशय निर्माण, गरौं, त्यस्तो गर्न सकिने क्षेत्रको पहिचान गरी योजना अघि बढौं, ती आयोजनाले नतिजा दिन्छन्,’ उनले भने।

सेवा प्रवाहलाई छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोगलाई ध्यान दिएर अघि बढ्न मुख्यमन्त्रीले निर्देशन दिए।

त्यसैगरी, उनले यातायात व्यवस्था कार्यालय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिए। उनले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन सकिने भएकाले त्यतातिर ध्यान दिन आग्रह गरे।

कर्मचारी हेरफेर भदौ भित्र गर्न तथा कार्यसम्पादन र मूल्याङ्कनका आधारमा हेरफेर गर्न उनले निर्देशन दिए। रिक्त दरबन्दी मध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई छिटो दिन मुख्यमन्त्रीले आग्रह गरे।

उनले कोभिडको दोश्रो चरण आएको त्यसले भारतमा संक्रमित र मृत्यु हुनेको संख्या बढेकाले त्यसको विश्लेषण गर्दै सामाजिक विकास मन्त्रालयले योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिए। दोश्रो चरणमा लक्षणसहितका विरामीको संख्या बढेकाले उनले आइसियुको क्षमता  बढाउनुपर्ने बताए।

कोभिड-१९ का कारण धेरैको रोजगारी गुमेकाले भारतीय श्रमिकको प्रतिस्थापन गरी रोजगारी श्रृजना गर्ने गरी काम अघि बढाउनुपर्ने उनले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x