×

NMB BANK
NIC ASIA

भदौ १ गतेदेखि उडान भर्न अन्तर्राष्ट्रिय विमानस्थल तयार

साउन २१, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोभिड–१९ संक्रमणका कारण करीब ५ महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान शुरू हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् ।

Muktinath Bank

सरकारले उडान शुरू गर्ने घोषणा गरेलगत्तै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी शुरू गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ । यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको क्षेत्रीले बताए ।


Advertisment
Nabil box
Kumari

नियमित उडान शुरू भएपछि पनि पहिलेभन्दा निकै कम मात्र उडानलाई मात्र अनुमति प्रदान गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी भए पनि सुरक्षा सतर्कता महत्त्वपूर्ण हुने भएकाले धेरै उडान गर्दा समस्या हुनसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

Vianet communication
Laxmi Bank

भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही समय अन्तर्राष्ट्रिय उडानमा केवल २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने छ ।

‘उदाहरणका लागि कतार एयरलाइन्सलाई दैनिक ४ वटा उडान अनुमति दिइएकोमा अब भने एउटा मात्र दिइने छ,’ उनले भने ।

अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करीब ४५ मिनेट राखिने भएको छ । आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने उनले स्पष्ट पारे ।

आन्तरिक विमानस्थलको टर्मिनलमा १ घण्टामा बढीमा ३०० यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ । सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय निर्धारण हुनेछ ।

आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३०० यात्रुलाई सेवा दिने गरी व्यवस्थापन गरिने भएको छ । पहिलो हप्ताका लागि टर्मिनलको निर्धारित दायरा प्रतिघण्टा ३०० यात्रुभित्र रही प्राधिकरणसँग सेड्युल माग गर्ने अर्को सहमति भएको छ । काउन्टरबाट यात्रुलाई चेकजाँच गरेपछि सम्बन्धित वायुसेवा कम्पनीले डिपार्चर क्षेत्रबाट छिटोभन्दा छिटो उडान आफ्नो यात्रुलाई हवाई जहाजतर्फ प्रस्थान गराउनुपर्नेछ ।

कुनै प्राविधिक वा मौसमको कारण ढिलाइ भएमा यात्रुलाई बस, जहाज वा ह्याङ्गरमा उपयुक्त तरिकाबाट व्यवस्थापन गर्नुपर्ने सहमति भएको छ । यस्तो व्यवस्था भदौ पहिलो हप्ताका लागि लागूू गर्ने र त्यसका आधारमा भदौ ५ गते अर्को बैठक बसेर थप निर्णय गर्ने दुई पक्षबीच सहमति भएको छ ।

भदौ १ गतेदेखि नियमित उडानको घोषणा भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका एक दर्जन वायुसेवा कम्पनीले अहिलेसम्म उडान अनुमति मागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म टर्किस, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सलाम एयर, एयर अरेबिया, चाइना साउदर्न, एयर चाइना, मलेसियन एयरलाइन्स, मालिन्दो, इन्डिगो, जजिरा, फ्लाई दुबईले उडान अनुमति मागेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x