प्रचण्डको सुरक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

प्रचण्डको सचिवालयले सुरक्षाकर्मीको बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीमा संक्रमण पोजिटिभ देखिएको सचिवालय स्रोतले जनायो ।


Advertisement

गत बुधवार प्रचण्डको निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा प्रचण्डको परिवार सबैजनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

प्रचण्ड निवासबाट विद ल्याबले स्वाब संकलन गरेर परीक्षण गरेको हो ।


Advertisement

प्रचण्डको परिवारका सदस्यहरूलाई भने संक्रमण पोजिटिभ देखिएको छैन ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्