×

NIC ASIA

महाअभियोगः संविधानकै प्रावधान

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
संविधान आएपछि संक्रमणकाल अन्त्य हुनेछ भन्ने जनअपेक्षा थियो । तर २०७२ साल असोज ३ गते संविधान जारी भएयताको अवधिमा राजनीतिक वातावरण सङ्लो हुन सकेको छैन, परिस्थिति अझै धमिलो र अन्योलयुक्त छ । संविधान र यसको कार्यान्वयन पक्ष दुबै अद्यापि विवादग्रस्त छन् ।

देशको दक्षिणी भागमा भएका गतिविधिले त्यो क्षेत्र लामो समय अशान्त रह्यो । यसबीचमा मुलुकले निर्वाचित निकायहरू प्राप्त गरिसकेको भए राजनीतिक परिवेश सहजतातर्फ उन्मुख हुनेथियो होला, तर विघटित संविधानसभाले तत्काल चुनावको चाँजो मिलाइदिनुको साटो सबै ६०१ ज्ना बहाल रहनेगरी एउटा व्यस्थापिका संसद् जन्माएर छोडिदियो जसको राजनीतिक वैधानिकता आरम्भमै प्रश्नको घेरामा परेको हो । हिजो मंगलवार मात्रै पनि पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलाले एक आलेखमार्फत् विवादका आधारलाई सशक्त तुल्याउने तर्क दिनुभएको छ । (हेर्नुहोस् १९ वैशाखको अन्नपूर्ण पोष्ट) संविधानसभाले निर्माण गरेको लिखतलाई संशोधन गर्ने हैसियत छ त ‘रुपान्तरित’ संसद्को ? संग्रौलाको प्रश्नलाई हामी जायज मान्दछौं ।



यतिखेर बैशाख १७ गतेको महाअभियोग दर्तासम्बन्धी विषयले मुलुकमा व्यापक जनचासो जगाएको छ । जनमत मिश्रित ढङ्गले प्रकट भइरहेको छ जुन अस्वभाविक होइन । कतिले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको अभियोग न्यायपालिकामाथिकै आक्रमण हो भन्ने धारणा बनाएका छन् भने केही महिनायताका घटनाक्रमलाई नजिकबाट नियालिरहेका चेतनशील नागरिकले चाहिँ अहिलेको अप्रिय स्थिति ल्याउनमा प्रधानन्यायाधीश आफैं पनि जिम्मेवार रहनुभएको निष्कर्ष निकालेका छन् । यसबीचमा स्वतन्त्र न्यायपालिकाका मान्यता खुम्चिने, खल्बलिने निर्णय र आदेशहरू भएका दृष्टान्त छन् । अर्को शब्दमा, न्याय दिने निकायमै अन्याय भएको विषय जनस्तरमा चर्चाका विषय बनेका हुन् । आग्रह, पूर्वाग्रह र दूराग्राह दृष्टिगोचर भएको अनुभव गर्नेहरूका लागि चित्तबुझ्दो व्याख्या आश्वासन न्यायपालिकाबाट आउन सकेको थिएन ।

लोकतान्त्रिक परिपाटी भएका देशमा महाअभियोगसम्बन्धी व्यवस्था संविधानमा गरिएको हुन्छ नै । केही साताअघि दक्षिण कोरियामा र केही महीना अघि ब्राजिलमा राष्ट्रपतिहरू (संयोगले दुबै महिला) महाअभियोगबाटै अपदस्थ भए । अर्थात यस्ता प्रस्ताव आफैंमा अनौठा होइनन् । यिनको सान्दर्भिकता र औचित्यलाई समयसापेक्ष आधारमा हेरिनु पर्दछ । नेपालमा ‘कामचलाउ’ अवस्थाको (मनोनीत) संसद्ले विगत ६ महिनाको अवधिमा यस प्रक्रियालाई दुई पटक प्रयोग गरिसकेको छ । र, दुबै प्रस्तावहरू पारित गर्न आवश्यक बहुमत जुट्ने अवस्था देखिएन ।

तत्काल बहाल रहेको सरकारले आफ्नो कार्य सम्पादनलाई सहज गराउन लिएका निर्णय र गरेका नियुक्तिलाई चुनौती आउँदा उसले त्यसलाई निष्कृय तुल्याउन विधिसम्मत देखिने पाइला चाल्यो भने त्यसलाई अनर्थ चाहिँ भन्न मिल्दैन । किनभने विवादमै रहेको भएपनि सरकारले विद्यमान संविधानको धारा १०१ अनुसार संसद्मार्फत चालेको कदम हो तसर्थ यसलाई दलगत दृष्टिकोणले मात्र मूल्यांकन गर्नु उचित हुँदैन । बरु यसको पनि न्यायिक निरुपण होस् भन्ने माग चाहिँ युक्तिसंगत उपाय ठहरिएला ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x