कार अनियन्त्रित भई पल्टँदा ३ जनाको मृत्यु

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको छ ।

रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु२च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।


Advertisement

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेहरुलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने ३ जना मध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा परी रुपन्देही ओमसतिया गाउँपालिका ४ बालापुरका २६ को देवेन्द्र चौधरी  रहेका छन्। अन्य २ जनाको परिचय खुल्न बाँकी छ । घाइते रुपन्देही सिद्धार्थ न.पा. ४ का ३० वर्षीय अनिल यादव रहेका छन ।


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्