×

NMB BANK
NIC ASIA

हिजो दिनभर : पार्टी फुट रोक्न नेकपाका ६१ सांसदको हस्ताक्षर, उडान र यातायात नखोल्न सिफारिस

साउन २६, २०७७

NTC
Premier Steels

कोरोनाका कारण थप २ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ७५ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ रहेको जनाएको छ ।

Muktinath Bank

आइतवार नियमित पत्रकार ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पोखरा महानगरपालिकाका ६२ वर्षीय पुरुष र वीरगंज महानागर्पालिकाकी २० वर्षीय युवतीको मृत्यु भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो २४ घण्टामा साढे ८ हजार पीसीआर परीक्षण, ३ सय ८० संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

Vianet communication

आइतवार नियमित पत्रकार ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ को पीसीआर परीक्षण भएकोमा ३ सय ८० संक्रमित फेला परेको जनाएका हुन् ।

यससँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा ५ सय ११, प्रदेश २ मा ३ हजार ७५, वागमती प्रदेशमा ११ सय ३२, गण्डकी प्रदेशमा २ सय ३७, प्रदेश ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४मा सक्रिय संक्रमण देखिएको छ ।

डा. गौतमले काठमाडौँ उपत्यकामा ९२ जना संक्रमित थपिएको बताए । काठमाडौँ जिल्लामा ९० र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् ।

हवाई उडान र लामो दूरीका यातायात भदौ १ बाट नखोल्न मन्त्रिपरिषदमा सिफारिस
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आन्तरिक र बाह्य हवाई उडान तथा लामो दूरीका सार्वजनिक यातायात तत्काल नखोल्न सरकारलाई सिफारिस गरेको छ।

रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा केन्द्रको बैठक आइतबार साँझ बसेकोमा मन्त्रिपरिषद्को यसअघिको निर्णय पुनर्विचार गर्न सिफारिस गरेको हो।

साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले हवाई उडान, लामो दूरीका यातायात र विद्यालय भर्ना भदौ १ गतेबाट खोल्ने निर्णय गरेको थियो।

तर, लकडाउन खुलेसँगै कोरोना संक्रमित बढ्न थालेपछि सीसीएमसीले ती सेवा भदौ १ गतेबाट नखोल्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

सीसीएसीको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेमा निर्णय कार्यान्वयन हुनेछ।  मन्त्रिपरिषदको बैठक भोलि सोमबार बस्दैछ।

गत बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले हवाई उडान खोल्ने परिस्थिति बनिनसकेको र सीसीएमसीको सिफारिसमा सरकारले थप निर्णय गर्ने बताएका थिए। 

सीसीएमसीको निष्कर्ष-स्वास्थ्य प्रोटोकलको पालना नहुँदा कोरोनाको जोखिम बढ्यो

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वास्थ्य प्रोटोकलको पालना नहुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको निष्कर्ष निकालेको छ।

सीसीएमसीको आइतबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकासहित मुलुकका धेरै जिल्लामा संक्रमण बढेको बारे स्थिति विश्लेषण गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले लक्षण भएका बिरामी र मृत्यु बढिरहेकाले सबैले सुरक्षित भएर बढनु पर्ने अवस्था रहेको बताए।

स्वास्थ्य प्रोटकको पालना नहुँदा जोखिम बढ्दै गएको निष्कर्ष निकालेको सीसीएमसीले जीवन रक्षाका लागि बुद्ध, बालबालिका र अत्यावश्यक काम नभएकाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
अत्यावश्यक काममा बाहिर निस्कन परेमा मास्क, स्यानिटाइजरको प्रयोग गर्न, साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ।

संक्रमित बढेसँगै आइसोलेसन बेडको आवश्यकता औंल्याइएको छ। त्यसका लागि स्थानीय सरकार र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्ने निस्कर्ष निकालिएको छ।

आइतबारको बैठकले स्थिति विश्लेषण गरे पनि मन्त्रिपरिषद्का लागि सिफारिसको कुनै निर्णय नभएको उनले बताए। 

पार्टी फुट रोक्न नेकपाका ६१ सांसदको हस्ताक्षर

पार्टी फुट्न नदिन दबाब दिने उद्देश्यले नेकपाका ६१ जना सांसदले हस्ताक्षर गरेका छन् ।

आइतवार संसद् सचिवालयमा पत्रकार सम्मेलन गरी उनीहरूले ६१ जनाको हस्ताक्षर सार्वजनिक गरेका हुन् । 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपाका दुवै पक्षका सांसदले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर संकलन अभियानमा विशाल भट्टराई, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, नारदमुनि राना लगायत सहभागी छन् ।

उनीहरूले पार्टी एकता जोखाइराख्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको बताए । 

हस्ताक्षर गर्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका सांसद छन् । हस्ताक्षर गर्नेमा अमनलाल मोदी, आशा विक, कलिला खातुन, कल्याणी खड्का, कृष्ण भक्त पोखरेल, गणेश पहाडी, गोपी अछामी, घनश्याम खतिवडा, जयकुमार राई, जीवन श्रेष्ठ, तीर्था गौतम, थममाया थापा छन् । 

यस्तै नन्दलाल रोका क्षेत्री, नारादमुनि राना, पदम गिरी, पुष्पा कर्ण, प्रेम आले, विजय सुब्बा, मनकुमारी सिजी, यज्ञबहादुर बोगटी, राजबहादुर बुढा, राजेन्द्र गौतम, रामकुारी झाँक्री, विना पोखरेल, विशाल भट्टराई, नारायण प्रसाद खतिवडा, श्यामकुमार श्रेष्ठ, सुदन किराँती, हेमकुमार राई, अञ्जना विशंखे, कृष्णलाल महर्जन लगायतले हस्ताक्षर गरेका छन् । 

पार्टी अप्ठ्यारोमा परेमा पार्टी कार्यालयमा धर्नामा पनि बस्ने सांसद विशाल भट्टराईले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x