मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।
यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’
पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन्। जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन्। स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम घरबाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन्। मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, निमोनिया, श्वासप्रश्वासलगायत दीर्घ रोगबाट महिला-पुरुष नै पीडित छन्। दीर्घरोगीलाई कोरोनाले मृत्युको मुखमा पुर्याउने जोखिम हुने विज्ञको भनाइ छ।
‘पुरुषमा बढी संक्रमण देखिनु स्वाभाविक नै हो। कोमर्बिडिटी डिजिज भनिने मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप र मिर्गौलाको समस्या महिलामा पनि पुरुषमा बढी देखिएको छ’, डा. बम भन्छन्, ‘कोमर्बिडिटीको अवस्था पुरुषमा बढी देखिएकोले मृत्युदर पनि बढी पाइएको हो।’
ग्लोबल हेल्थ ५०-५० गरेको अध्ययनले धूमपान, मद्यपान, अस्वस्थ जीवनशैलीका कारण महिलाको तुलनामा पुरुषको स्वास्थ्य कमजोर हुने निष्कर्ष निकालेको छ। उसले कोरोना अति प्रभावित २० मुलुकमा आधारित रहेर अध्ययन गरेको थियो। चीनमा आधाभन्दा बढी पुरुषले धूमपान गर्छन्। जनसंख्याको दुई प्रतिशत महिलाले मात्र धूमपान गर्छन्। इटालीमा ३० प्रतिशत पुरुषले धूमपान गर्छन्। त्यहाँ धूमपान गर्ने महिलाको संख्या १९ प्रतिशत छ। अमेरिकामा महिलाभन्दा चार प्रतिशत पुरुषले बढी धूमपान गर्छन्। विश्वभरि नै विशेषगरी ६० वर्ष नाघेका पुरुषलाई संक्रमणको बढी जोखिम देखिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार युरोपमा ११ हजार २ सय २८ जना संक्रमित हुँदा ५७ प्रतिशत पुरुष थिए। १ हजार ३२ जनाको मृत्यु हुँदा महिला २ सय ९५ (२८ प्रतिशत) थिए। दक्षिण कोरिया, इटाली, फ्रान्स, जर्मनी, इरान, स्पेनमा संक्रमण र मृत्यु हुनेमा पुरुष धेरै छन्। इटालीमा १० जना महिलाको मृत्यु हुँदा पुरुषको संख्या २४ छ। चीनमा १० महिलाको मृत्यु हुँदा पुरुषको संख्या १८ छ। जर्मनीमा १० महिलाको मृत्यु हुँदा पुरुष १६ जना छन्। इरानमा १४ पुरुषको मृत्यु हुँदा महिलाको संख्या १० छ। फ्रान्समा १० महिलाको मृत्यु हुँदा पुरुष १४ जना देखिन्छ। दक्षिण कोरियामा १० महिलाको मृत्यु हुँदा पुरुष १२ जना छन्।
धूमपान गर्नेको फोक्सो खराब भएको हुन्छ। जसका कारण कोरोना संक्रमणले सिकिस्त पार्न सक्छ। ‘बेलायत, इटली र चीनमा भएका अध्ययनले पनि कोरोना संक्रमणले फोक्सोमा असर गर्ने पुष्टि गरेका छन्’, डा. बम भन्छन्। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...