×

NMB BANK
NIC ASIA

विकासमा कोरोनाको बाधा

कोरोनाले रोक्यो १२ सय मेगावाट बिजुलीको उत्पादन, पर धकेलिए अन्तिम चरणमा रहेका आयोजना

साउन २८, २०७७

NTC
Premier Steels

जलविद्युत आयोजनामा कोरोना असर : परीक्षणको चरणमा रहेकाको बेहाल 

Muktinath Bank

कोरोनाभाइरस कोभिड– १९ रोगको महामारीका कारण निर्माण सम्पन्न हुन लागेका जलविद्युत् आयोजनाहरू पर धकेलिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाहरूको थप प्रगति हुन नसक्दा निर्माणको समय पर सरेको छ ।


Advertisment
Nabil box
Kumari

४ सय ५६ मेगावाट उत्पादन क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा आएर रोकिएको छ । साउन अन्तिमसम्ममा परीक्षण सम्पन्न गर्ने गरी काम हुँदै गर्दा महामारीले यसलाई बिथोलेको आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले लोकान्तरलाई बताए । 

Vianet communication

अहिले महामारीका कारण सामान आउन नसक्दा काम रोकिएको उनले बताए । 

कर्मचारीहरू काम गर्न आउन डराइरहेका कारण पनि काममा असर परेको आयोजनाका प्रवक्ता न्यौपाने बताउँछन् । 

करीब १ हजार मजदुरले काम गरिरहेको आयोजनामा लकडाउनका बेलादेखि आधा मात्रै मजदुर खटिएका छन् ।

लकडाउनमा घर गएकाहरू काममा फर्किन चाहेका छैनन् । उनी भन्छन्, ‘मजदुरहरू नहुँदा सबस्टेसन लगायतको काममा असहज भइरहेको छ ।’

विदेशी परामर्शदाताहरू पनि ल्याउन नसकिएको बताउँदै उनले भने, ‘परामर्शदाता ल्याउन नसक्दा समग्र आयोजनाको निर्माणमा असर परेको छ ।’

उनका अनुसार, कन्ट्याक्टर, परामर्शदाता, सामान फिट गर्ने मानिसहरू ल्याउन सकिएको छैन । सामानहरू समयमै ढुवानी हुन सकेको छैन । भारतको कलकत्ताबाट सामान आएको छैन ।

उनले आयोजना सम्पन्न हुने मिति नै पछाडि धकेलिएको बताए  । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै हैन २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजना पनि अन्तिम चरणमा पुगेर रोकिएको छ ।

वैशाख अन्तिमसम्ममा प्रसारण शुरू गर्ने तयारी थियो तर कोरोना महामारी, यसबीचमा भएको लकडाउन आदिका कारण भारतबाट सामान आउन नसक्दा काम रोकिएको आयोजनाका महाप्रबन्धक रमेश अधिकारीले लोकान्तरलाई बताए । 

यद्यपि लकडाउनकै समयमा आयोजनाको परीक्षण भइसकेको छ । अब पोलहरू नआउँदा प्रसारण गर्न रोकिएको उनको भनाइ छ । 

यी मात्रै हैन लकडाउनका कारण अन्तिम चरणमा पुगेर खानीखोला, दोर्दीखोला लगायतका जलविद्युत आयोजनाहरू पनि रोकिएका छन् । 

‘महामारीले समय पर सार्‍यो’

महामारीका कारण निर्माण सम्पन्न हुनै लागेका आयोजनाहरूको समय पर धकेलिएको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले लोकान्तरलाई बताए । 

‘कोरोना भाइरसको महामारी नआइदिएको भए यतिखेर कतिपय आयोजनाहरू परीक्षणको क्रममा हुन्थे, यसले राज्यलाई ठूलो फाइदा पुग्थ्यो,’ अध्यक्ष गुरागाईंले भने । 

‘महामारी आएको पनि ५ महिना भइसकेको अवस्था छ, महामारी कहिले साम्य हुन्छ थाहा छैन, आयोजनाहरू सबै ठप्प छन्’, उनले भने, अन्तिम चरणमा पुगेका आयोजनाहरू पनि लकडाउन खुलेको केही महिनापछि मात्रै ग्रीडमा जोडिन्छन् ।’

कोरोनाको महामारी शुरू हुनुअगाडि १ हजार ३ सय ८८ मेगावाटका आयोजनाहरू ग्रीडमा जोडिएका छन् भने १२ सय मेगावाटका आयोजनाहरू अन्तिम चरणमा पुगेका छन् । 

गुरागाईं भन्छन्, यदि कोरोना थिएन भने १२ सय मेगावाट बराबरका आयोजनाहरू ग्रीडमा जोडिइसक्थ्यो ।’

उनका अनुसार, मंसिर अगाडि यी आयोजनाहरू पूरा हुने सम्भावना एकदमै न्यून छ । 

लकडाउनका कारण इञ्जिनीयर लगायतको टोली बाहिर मुलुकमै रहेकाले काम ढिला हुने देखिन्छ ।

उनले भने, ‘मशिनरी सामान जोड्ने कन्सल्ट्यान्ट, इञ्जिनीयर, कम्पनीबाट पठाउने हो । चीन भारत लगायतका मुलुकबाट आउनुपर्नेमा अहिले उडानहरू बन्द छन्, त्यसकारण अहिले आउन सक्ने अवस्था देखिँदैन ।’

उनीहरू नआएसम्म काम अगाडि नबढ्ने उनको भनाइ छ । बीच बाटोमा सामानहरू रोकिएको र त्यसलाई ल्याएर जोड्न सक्ने अवस्था पनि नभएको उनले बताए ।  उनी भन्छन्, ‘१२ सय मेगावाट लकडाउन खुलेको ६ महिना देखि ८ महिनाभित्रमा जोडिन्छन् ।’

यसबाहेक भर्खरै मात्र निर्माण कार्य शुरू भएका १८ सय मेगावाटका विभिन्न जलविद्युत् आयोजनाहरूको पनि निर्माण रोकिएको छ भने केहीको धिमा गतिमा निर्माण भइरहेका छन् । 

मन्त्रालय भन्छ : डिले भएको जानकारी छैन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारी महामारीका कारण आयोजनामा ढिलाई भएको तथ्यांक नआएको बताउँछन् ।

लोकान्तरसँग उनले भने, ‘सामानहरू आएका छैनन् । आउन ढिला भएका छन्, तर काम भने सुस्त गतिमा भइरहेका छन् । कोरोना महामारीकै कारण प्रोजेक्ट डिले भएको अवस्थाबारे जानकारी आएको छैन ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x