×

NMB BANK
NIC ASIA

चुनाव हारेपछि बेलारुसकी विपक्षी नेता भागिन् विदेश

साउन २८, २०७७

NTC
Premier Steels

बेलारुसमा बहालवाला राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध उठेकी विपक्षी नेता चुनाव हारेपछि ‘आफ्ना बालबच्चाको हित’का लागि लिथुआनियातिर भागेकी छन् । 

Muktinath Bank

स्वेत्लाना तिखानोभ्स्काया परिवार सहित देश छोडेर लिथुआनिया पुगेकी हुन् । चुनावमा लुकाशेन्कोले विजयी भएको घोषणा गरेका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुकाशेन्को पुनः विजयी भएपछि धाँधली गरेर चुनाव जितेको भन्दै बेलारुसवासीहरू आन्दोलित भएका छन् । लगातार तीन दिनदेखि राजधानी मिन्स्क र अन्य स्थानमा हिंसा भड्किएको छ । हिंसामा परी एकजनाको मृत्यु भएको छ । 
 


Advertisment
Nabil box
Kumari

लुकाशेन्कोले छैटौं कार्यकाल चलाउनका लागि ८० प्रतिशत भोट चोरेको आरोप विरोधकर्ताहरूले लगाउँदै प्रदर्शन गरेका हुन् । उनीहरूले प्रहरीलाई ढुंगामुढा र पटका फ्याँकेका छन् । प्रहरीले उनीहरूमाथि अश्रूग्यास र रबरको गोली प्रहार गरेको छ । 

Vianet communication

देश छोड्नुअघि यूट्युबमा एउटा भिडियो पोस्ट गर्दै तिखानोभ्स्कायाले भनिन्, ‘यो निर्वाचन अभियानले मलाई बलियो बनाएको जस्तो लागेको थियो । म जे पनि सहन सक्ने गरी मजबूत बनेको जस्तो लाग्थ्यो । तर म पहिले जस्तै कमजोर महिला रहेछु । मैले अप्ठ्यारो निर्णय लिएँ र पूर्ण स्वतन्त्र रूपमा लिएँ । अहिले भइरहेको घटनाक्रममा एउटा जीवन पनि गुम्नु हुँदैन । बालबालिका हाम्रो जीवनको सबभन्दा महत्त्वपूर्ण कुरा हुन् ।’

सन् १९९४ देखि सत्ता चलाइरहेका लुकाशेन्कोलाई अपदस्थ नगरुन्जेल विरोध प्रदर्शन गरिरहने विरोधकर्ताहरूले बताएका छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x