महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर काम गर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गरे।
‘कोभिड-१९ संकटका बेला अनाथ, सहाय बालबालिकाहरु झनै जोखिममा परेका छन,’ मंगलबार काठमाडौंमा आयोजित कोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एशियाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा उनले भने, ‘जोखिममा परेका त्यस्ता बालबालिकाको संरक्षण गर्न दक्षिण एशियाली राष्ट्रहरूबीच अझै बलियो सहकार्यको आवश्यकता छ।’
मन्त्री गुरुङले सरकारले अनाथ तथा असहाय बालबालिकाहरूको उचित व्यवस्था हुनेगरी बालबालिकासम्बन्धी १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणको पु¥याएको पनि जानकारी दिए।
उनले एक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश घोषणा गर्ने तयारी भइरहेको बताए।
कोभिड–१९ र बाढीपहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्त बनाउने सरकारको अभियान पूरा हुन नसकेको मन्त्री गुरुङको भनाइ थियो।