
पोखरामा एकैदिन ५२ संक्रमित फेला परेका छन् ।
पोखरामा एकै दिनमा यति ठूलो संख्यामा संक्रमित यसअघि भेटिएका थिएनन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा सहित विभिन्न ठाउँमा भएको नमूना परीक्षणमा सोमवार ५२ संक्रमित फेला परेका हुन् ।
पोखरा ९ की २६ वर्षीया महिला, ५ का २५ वर्षीय पुरुष, वडा १ का १२ र १५ वर्षीया किशोरी, ६ वर्षीय बालक, वडा १४ का ३२ वर्षीय पुरुष, २ का २५ र ५२ वर्षीया महिला, वडा २६ का ३२, ४२ र ३२ वर्षीया महिला र २१ वर्षीय पुरुष संक्रमित भएका हुन् ।
यस्तै, वडा ७ का २६, २८ र ३३ का पुरुष, वडा १७ का ५३ वर्षीय पुरुष, वडा ६ की ४० वर्षीया महिला, २५ की ८ वर्षीया बालिका, १८ वर्षीय पुरुष, वडा १० की २६ र ६६ वर्षीया महिला, २५ वर्षीय पुरुष, वडा ८ का १७ वर्षीय किशोर, २१ र ५१ वर्षीया महिला, वडा १३ का १४, १५, १६ र १९ वर्षीया किशोरीहरू, ११ वर्षीय बालकमा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी, पोखरा १० का २३ वर्षीय पुरुष, २७ का १२ किशोर पनि संक्रमित भएका छन् ।
पोखरामा बिहानमात्रै वडा १७ का २७ वर्षीय पुरुष, वडा ३३ का २३ वर्षीय पुरुष, वडा १४ का २५, २८ र ३७ वर्षीया महिला, ६ वर्षीय बालक, २६ र ४६ वर्षीय पुरुष, वडा ७ का ४४ वर्षीय पुरुष, वडा ८ की २१ वर्षीया महिला छन् ।
वडा ४ मा कार्यरत ४ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो ।
उनीहरू ४५, ३७, २४, २९ र २३ वर्षका पुरुष हुन् । वडा १७ मा कार्यरत २४ र ३३ वर्षीय पुरुष प्रहरीमा पनि संक्रमण देखा परेको जनाइएको छ ।
यसरी गण्डकीका कास्कीसहित विभिन्न जिल्लामा गरी कुल संक्रमित संख्या ३ हजार ६४ पुगेको छ ।
मृत्यु हुनेको संख्या २९ छ ।