×

NMB BANK
NIC ASIA

चीनले वास्तविक नियन्त्रण रेखामा बजायो पञ्जाबी गीत, हाँसे भारतीय सैनिक

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ जनमुक्ति सेनाले सुन जुको प्रसिद्ध पुस्तक आर्ट अफ वारको अनुसरण गर्दै लडाइँ नलडिकनै शत्रुलाई हराउने योजना बनाएको देखिन्छ । 

Muktinath Bank

अगस्ट २९–३० मा पांगोङ तालको दक्षिणी किनारमा भारतीय सेनालाई पहाडको उचाइबाट हटाउनका लागि चिनियाँ सेनाले शुरूमा ट्यांक र इन्फ्यान्ट्री कम्ब्याट भेहिकल ल्यायो । तर भारतीय सेना डेग चलेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ सैन्य रणनीतिले भारतीय सेनालाई फरक नपरेपछि जनमुक्ति सेनाले पञ्जाबी गीत बजाएर लाउडस्पीकरमा घन्कायो । त्यो सुनेर भारतीय सैनिकहरू पेट मिचीमिची हाँसे । पांगोङ तालमा पञ्जाबी गीतमा सैनिकहरू नाचे । 


Advertisment
Nabil box
Kumari

उता चुशुल सेक्टरको मोल्दो ग्यारिसनमा चिनियाँ सेनाले भारतीय सैनिकहरूलाई राजनीतिक नेताहरूको मूर्खतामा नपर्न सुझाव दिए । 

Vianet communication
Laxmi Bank

चिनियाँ लाउडस्पीकरहरूले शुद्ध हिन्दीमा बोल्दै भारतीय सैनिकहरूलाई जाडो महिनामा यस्तो उचाइमा दिल्लीका नेताहरूको मर्जीमुताबिक नबस्न आग्रह गरे । 

चिनियाँ जनमुक्ति सेनाले भारतीय सैनिकहरूलाई हतोत्साहित गर्न र तातो खानेकुरा तथा बन्दोबस्तीको सामान नपाएको भनी भारतीय सैनिकहरूमा रहेको असन्तुष्टिलाई बढाइचढाइ गर्न खोजेको छ । अनि बाक्लो हिउँ पर्ने शिशिर ऋतु त आउनै लागेको छ । 

यसो गर्दा भारतीयहरू युद्ध नलडिकनै त्यस ठाउँबाट हिँड्लान् भन्ने चिनियाँहरूको आशा छ ।

भारतका एक पूर्व सैन्य प्रमुखका अनुसार, पीएलएले यही रणनीति सन् १९६२ को युद्धमा पनि उपयोग गरेको थियो भने सन् १९६७ मा नाथु लामा भएको भिडन्तमा यसलाई अपनाएको थियो । 

‘तर भारतीय सैनिकहरू फिंगर ४ मा पञ्जाबी गीत सुनेर छक्क परे । शायद उनीहरूले त्यहाँ रहेका भारतीय सैनिक पञ्जाबी होलान् भन्ने सोचे,’ उनले बताए । 

हिन्दुस्तान टाइम्सबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x