तुलसीमा औषधीय गुण - बेफाइदा पनि छ

प्रायः हिन्दूहरूको घरमा तुलसी पाइन्छ । 

तुलसीमा औषधीय गुण हुनाले यसले रुघाखोकी निको पार्ने, रोगप्रतिरोधक क्षमता बढाउने र स्वास्थ्य बलियो पार्ने काम गर्छ । खाली पेटमा दुईतीनवटा तुलसीको पात लिँदा त्यसको फाइदा झनै बढी उठाउन सकिन्छ ।


Advertisement

तर तुलसीको पात चपाउँदा फाइदा नहुने भारतीय पोषणविद् लभनीत बत्राको भनाइ छ । उनी भन्छिन्, ‘तुलसीमा भएको मर्क्युरीले दाँतको इनामेल बिगार्छ । त्यसैले तुलसी चपाउनु ठीक हुन्न ।’

तुलसी सेवन गर्ने अन्य तरिका छन् ।


Advertisement

तुलसीको चिया
चियामा तुलसी राखेर पिउनु सबभन्दा राम्रो उपाय हो । पानीमा तुलसीको पात राखेर १० मिनेट जति तताउनुस् अनि स्वादका लागि मह र कागतीको रस राख्नुस् । अहिले त तुलसी चियाको प्याकेट नै पाइन्छ । यो क्याफिनरहित हुनाले रोगप्रतिरोधक क्षमता बढाउँछ र रगतमा चिनीको मात्रा बढी भएकाहरूलाई पनि फाइदा गर्छ । 

तुलसी राखेको घ्यू
तुलसीको सुकेको पातलाई धूलो बनाउनुस् । प्रत्येक दुई चम्चा घ्यूसँग आधा चम्चा तुलसीको धूलो मिसाउनुस् । स्वादअनुसार यसको मात्रा थपघट गर्नुस् । अनि यसलाई रोटीमा दलेर वा त्यत्तिकै पनि खान सक्नुुहुन्छ । 

तुलसीको जुस
एक कप पानीमा १० देखि १५ वटा तुलसीका पात राख्नुस् । त्यसमा मह र कागतीको रस पनि राख्न सक्नुहुन्छ । यी सबैलाई ब्लेन्डरमा राखेर मिसाउनुस् । अनि जालीले छानेर जुस बनाउनुस् र पिउनुस् । 

पात चपाउनुको साटो यस्ता तरिका अपनाएर तुलसी सेवन गर्दा निकै फाइदा पुग्छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्