आइतवारसम्मका लागि स्थगित भयो नेकपा सचिवालय बैठक

फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रवारका लागि तय भएको सचिवालय बैठक आइतवारसम्मका लागि स्थगित भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक आइतवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए ।


Advertisement

शुक्रवार बिहान ११ बजे तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सचिवालय बैठक बस्ने तय भएको थियो ।

महाधिवेशनको तयारी र मन्त्रिपरिषदमा सदस्य हेरफेर तथा पूर्णता दिने विषयमा बैठकमा छलफल हुने अपेक्षा थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्