अब काठमाडौँ आउन चाहिँदैन पास, पहिलेजस्तै निर्वाध आवतजावत गर्न सकिने

लामो समयदेखि बन्द भएको लामो दुरीका सार्वजनिक बस असोज १ गतेदेखि खोलेसँगै उपत्यका आवागमनका लागि कुनै पनि मापदण्ड लागू गरिएको छैन् । अर्थात अब उपत्यका छिर्न पासको आवश्यकता नपर्ने भएको हो । 

उपत्यका आवागमनका लागि कुनै पनि रोक तोक अथवा कुनै पनि पासको आवश्यकता नपर्ने महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
‘अब उपत्यका आवागमनका लागि कुनै पनि बन्देज छैन,’ एसएसपी ज्ञवालीले भने,‘पहिले जस्तै निर्वाधरुपमा आउन पाइन्छ ।’


Advertisement

असोज १ गतेभन्दा अगाडी अत्यावश्यक खाद्यवस्तु, एम्बुलेन्स, पत्रकार लगायतका सवारी साधनहरु मात्र प्रवेश गर्न पाइन्थ्यो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३९९ सवारी साधन उपत्यकामा भित्रिएका छन् । 


Advertisement

यस्तै १ हजार ६९४ सवारी साधनहरु उपत्यका बाहिरिएका ट्राफिक प्रमुख एसएसपी भिम ढकालले बताए । 

‘पछिल्लो २४ घण्टामा १३ सय ९९ भित्रिएका र १६ सय ९४ सवारी साधनहरु बाहिरिएका छन,’ एसएसपी ढकालले भने,‘उपत्यका भित्रिने भन्दा बाहिरिने बढी छन् ।’

यस्तै ४ हजार ७५ जना यात्रुहरु उपत्यकाबाट भित्रिएका छन् भने ५ हजार ३३३ जना बाहिरिएको एसएसपी ढकालले बताए ।

महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्क हेर्ने हो भने उपत्यका बाहिरिने तथ्याङ्क धेरै छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्