संक्रमित बढेपछि बेलायतमा फेरि लकडाउन हुने

बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा लकडाउन गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् ।  

स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा उनले भनेका छन्, “हामीले राष्ट्रियरूपमा बन्दाबन्दी गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।”


Advertisement

शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उनले दिए । 

बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्