माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।
गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए । त्यसपछि गृहले नापी विभागसँग जानकारी लिएको थियो । नापीले पनि अतिक्रमण भनेर गलत हल्ला चलाएको भन्दै छानबिन हुनुपर्ने सुझाव दिएको थियो ।
परराष्ट्र मन्त्रालयले पनि गलत प्रतिवेदन बनाउने अधिकारीसँग स्पष्टीकरण सोध्न गृहको ध्यानाकर्षण गराएको थियो । गृहमा प्रतिवेदन पठाएपछि हमालले विभिन्न सञ्चारमाध्यमलाई चीनबाट भूमि अतिक्रमण भएको र छानबिनका लागि गृहमा पत्र पठाइसकेको जानकारी दिएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएका कारण सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधिएको बताए । ‘यति गम्भीर र संवेदनशील विषयमा बोल्नैपरे परराष्ट्रले बोल्छ, हामीलाई यो अधिकार छैन,’ बूढाले कान्तिपुरसित भने । उनले हुम्लाबाट आएको स्थलगत प्रतिवेदनमाथि पनि छानबिन भइरहेको बताए ।
हमालसहितको टोलीले चीनले नेपाली भूमि अतिक्रमण गरेको रिपोर्ट पेस गरेपछि गृह मन्त्रालयले असोज २ गते थप अध्ययन गर्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली ११ नम्बर स्तम्भ भएको स्थानतर्फ लागेको थियो । टोलीले स्तम्भ ढुंगाले छोपिएको अवस्थामा फेला पारेको छ । टोलीले ७ देखि १२ नम्बरसम्मका स्तम्भको अवस्थाबारे जानकारी लिएको छ ।
चीनले ललुङजोङ क्षेत्रमा ४ देखि ९ वटासम्म कोठा भएका ९ वटा एकतले भौतिक संरचना पछिल्लो समय बनाएको छ । २०६६ सालमा त्यस क्षेत्रमा चीनले पशु उपचार केन्द्रका लागि भनेर दुईवटा घर बनाएको थियो । यो क्षेत्र नेपाल–चीन ११ र १२ नम्बर पिल्लरको बीचमा पर्छ । यो हुम्ला सदरमुकाम सिमकोटबाट करिब ९५ किमि उत्तर पर्छ । भूमि अतिक्रमण गरेको भनेर हमालका साथै स्थानीय तहका पदाधिकारीले पनि विवादास्पद अभिव्यक्ति दिएका थिए ।
त्यसपछि बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन भएको थियो । दूतावासले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दिएको थियो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि चीनबाट नेपाली भूभाग अतिक्रमण नभएको बताएका थिए । गृह स्रोतले भन्यो, ‘सीमाजस्तो विषयमा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सहायक प्रजिअलगायतले कसरी बोले, यो विषयमा छानबिन भइरहेको छ ।’
यसैबीच हुम्लाको नाम्खा गाउँपालिकाको टाक्चेमा सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) राख्ने भएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले टाक्चेमा बीओपी स्थापना गर्न जग्गा प्राप्ति र संरचना निर्माणसम्बन्धी अध्ययन भइरहेको बताए । कान्तिपुर दैनिकमा मातृका दाहालले खबर लेखेका छन् ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...