×

NMB BANK
NIC ASIA

हाजिर हुन सचिवलाई मन्त्रीकै ‘तगारो’

असोज १०, २०७७

NTC
Premier Steels

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा भएकी सम्झना काफ्लेले मंगलबार अपराह्न मन्त्री शैलेन्द्रकुमार साहलाई फोन गरेर जनकपुर आउन लागेको जानकारी दिइन् । काफ्लेले रवानापत्र लिएर बुधबार आउने योजना सुनाउँदा मन्त्री साहले ‘प्रमुख सचिवसँग पनि सम्पर्क गर्नुहोला’ भनेर फोन राखे ।

Muktinath Bank

सचिव काफ्ले गत बुधबार करिब साढे २ बजेतिर मन्त्रालय पुगिन् तर कार्यकक्षमा ताल्चा थियो । ताल्चा खोल्न कोही तयार भएनन् । मन्त्री साह पनि मन्त्रालयमा थिएनन् । उनी कर्मचारीसँग परिचय गर्न सभाकक्षमा पुगिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिचयात्मक कार्यक्रम थाल्नै लाग्दा मन्त्रालय परिसरमा होहल्ला हुन थाल्यो । होहल्ला गर्ने समूह सभाकक्षमै पुगे । सचिव काफ्लेलाई फिर्ता जान भन्दै नाराबाजी गरे । होहल्ला गर्ने भीडको नेतृत्व भने मन्त्री साहकै स्वकीय सचिव नवनित झाले गरेका थिए । त्यसक्रममा उनले मन्त्रालयको सीसीक्यामेरा नै बन्द गरिदिए ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयका कर्मचारीहरूले ‘त्यसो नगर्न’ सम्झाउँदा उनीहरू हातपातमै उत्रिए । मन्त्रालयका अनुसार त्यस क्रममा एक जना कर्मचारी घाइते भएका छन् । स्थिति बिग्रन थालेपछि मन्त्रालय परिसरमा प्रहरी पुग्यो र होहल्ला सेलायो । सचिव काफ्ले भने परिचयात्मक कार्यक्रम रोक्दै सिधै प्रमुख सचिव अर्जुन पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय पुगिन् ।

Vianet communication

उनले मन्त्रालयमा हाजिर हुन गरिएको अवरोधबारे पोखरेललाई बिफ्रिङ गरिन् ।

त्यसयता काफ्ले सरकारी निवासमै छन् । ‘कार्यकक्षमा ताल्चा लागेको छ । मन्त्रालय गएर कहाँ बसेर काम गर्नू ?’ उनले कान्तिपुरसँग भनिन्, ‘मुख्यमन्त्रीज्यू र प्रमुख सचिवज्यूलाई सबै घटनाक्रम थाहा छ । उहाँहरूले निकास निकाल्नु होला,’ उनले भनिन् ।

सचिव काफ्ले सरुवा भएको एक महिनापछि मात्रै हाजिर हुन आएकी हुन् । मन्त्री साह यसअघिका सचिव विमलकुमार निर्मललाई संघीय सरकारले सरुवा गरेपछि रुष्ट छन् । मन्त्री साहले पत्र लेखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमक्ष असन्तुष्टि नै पोखेका थिए । उनले संघीय सरकारले प्रदेशलाई नसोधी छिटोछिटो सचिव सरुवा गरिदिँदा कार्य सम्पादनमा अप्ठ्यारो भइरहेको पनि पत्रमा उल्लेख गरेका छन् ।

कोरोना महामारीका बेला मन्त्रालयले प्रदेश २ का ४७ हजार ८ सय ८२ जना किसानको ४ महिनाको बैंक ब्याज (२१ करोड ६५ लाख ४९ हजार ५ सय ९९ रुपैयाँ) तिरिदिएको थियो । यसमा मन्त्री साहलाई निर्मलले सघाएका थिए । पछिल्लो ३ वर्षमा मन्त्रालयमा ६ जना सचिव लगालग सरुवा भए पनि मन्त्री साहले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

यसैबीच, शुक्रबार जनकपुर आएका संघीय सरकारका कृषिमन्त्री घनश्याम भुसाल र मुख्यमन्त्री लालबाबु राउतबीच मन्त्री–सचिव ‘लफडा’ कै विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ । छलफलमा प्रदेशका कृषिमन्त्री साह पनि उपस्थित थिए ।

सिस्टमसँगको लडाइँ हो’

– शैलेन्द्र साह
मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी, प्रदेश–२

मन्त्री र सचिवबीचको यो झमेला हुँदै होइन । कर्मचारीको सरुवाको पद्धति ठीक भएन भन्नेमा मात्र हाम्रो आपत्ति हो । मेरै मन्त्रालयमा ३ वर्षमा ६ जना सचिव फेरिए । एउटा सचिवले नीति र योजना बनाउँछन्, त्यो कार्यान्वयन नहुँदै सरुवा भइदिन्छ । अर्को सचिव आउँछन्, यसअघि बनेको नीति–योजनासँग सरोकारै राख्न चाहँदैनन् । त्यसैले मैले सचिवको सरुवा हुँदा पत्र लेखेरै संघीय सरकारसँग आपत्ति जनाएको थिएँ । अहिलेको सिस्टमसँगको लडाइँ मात्र हो । तर, उहाँ मन्त्रालयमा हाजिर हुन जाँदा त्यहाँ जुन घटनाक्रम भयो, त्यसको छानबिनका लागि राज्यमन्त्रीको संयोजकत्वमा समिति बनेको छ । कर्मचारी वा मेरो सचिवालयको जोसुकै दोषी भए पनि कारबाही हुन्छ ।

‘काम गर्न आएकी हुँ’
– सम्झना काफ्ले
सचिव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश–२

हाजिर हुन जाँदा अवरोध गरियो । म केही नबोली मन्त्रालयबाट फर्किएँ । म सचिव भएकोले प्रक्रियागत हिसाबले चल्ने हो । प्रमुख सचिवको निर्देशनमा काम गर्ने हो । कार्यकक्षमा ताल्चा लागिरहेकाले निवासमै बसिरहेकी छु । म यहाँ झगडा गर्न आएकी होइन । काम गर्न आएकी हुँ । मुख्यमन्त्री र प्रमुख सचिवज्यूले जे निष्कर्ष निकाल्नुहुन्छ, म त्यही मान्ने हो । सचिवको छिटोछिटो सरुवा हुँदा मन्त्रालयको कार्यसम्पादनमा समस्या भइरहेको कुरा सुनेकी छु । यो राजनीतिक विषय भएकाले यसको हल गर्ने जिम्मा त मन्त्रीज्यूहरूकै हो । कान्तिपुर दैनिकमा अजित तिवारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x