×

NMB BANK
NIC ASIA

पोखरामा ५० वर्षयताकै अधिक वर्षा, ३ वटा रेकर्ड ‘ब्रेक’

असोज १०, २०७७

NTC
Premier Steels

पोखरामा सन् २०२० मा भएको अधिक वर्षाले ५० वर्षयताकै रेकर्ड ‘ब्रेक’ गरेको छ ।

Muktinath Bank

यो रेकर्डले सन् २०२० को ३ महिना बाँकी छँदै ३ रेकर्ड ब्रेक भएको हो । ती हुन् – वर्षभरिकै अधिक वर्षा, मनसुनी वर्षा र सेप्टेम्बर महिनामा भएको वर्षा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख वरिष्ठ मौसमविद् राजारामप्रसाद ढकाल भन्छन्, ‘हामीसँग सन् १९७१ देखि हालसम्म ५० वर्षसम्म भएको वर्षाको रेकर्ड छ । ती रेकर्ड हेर्दा यो वर्ष सन् २०२० मा भएको वर्षाले ३ रेकर्ड ब्रेक गरेको हो ।’


Advertisment
Nabil box
Kumari

जसअनुसार सन् २०२० को जनवरीदेखि शनिवार सेप्टेम्बर २६ सम्म ५ हजार ५९ मिलिमिटर अर्थात् ५० वर्षभरिकै अत्यधिक वर्षा भएको हो । मनसुनी वर्षा मात्रै ४ हजार ३९६ मिलिमिटर भएको छ । मनसुनी वर्षा यो ९ महिना अवधिमा भएको वर्षाको तुलनामा ८० प्रतिशत हुन आउँछ । 

Vianet communication

नेपालमा मनसुन जुन १० देखि भित्रिएर सेप्टेम्बर २३ सम्म (१२० दिन) रहने गर्दछ । यसअघि सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८७९ मिलिमिटर वर्षा भएको रेकर्ड छ । त्यसबेला मनसुनी वर्षा ३ हजार ९२० मिलिमिटर भएको थियो । 

पोखरामा सन् २०१९ मा ३ हजार ९२ मिलिमिटर र मनसुनी वर्षा २ हजार ८३ भएको थियो भने अघिल्लो वर्ष सन् २०१८ मा वर्षभरि २ हजार ९३४ मिलिमिटर र मनसुनी वर्षा २ हजार १६३ मिलिमिटर वर्षा भएको थियो । 

अझ रोचक के छ भने यस वर्षको सेप्टेम्बरमा ५० वर्षयताकै अधिक वर्षा भएको छ । वरिष्ठ मौसमविद् ढकालका अनुसार पोखरामा २६ दिन अवधिसम्म १ हजार ३०५ मिलिमिटर वर्षा भएको हो । यसअघि सन् २००७ को सेप्टेम्बर महिनामा १ हजार १८६ मिलिमिटर वर्षा भएको थियो । सो रेकर्ड १ महिना अवधिमा हुने वर्षा तुलनामा अहिलेसम्म तोडिएको थिएन ।

पोखरामा सामान्यतया सेप्टेम्बर महिनामा सरदर ६४० मिलिमिटर वर्षा हुने गर्दछ । सरदर हुने वर्षाको दोब्बर अर्थात् १ हजार ३०५ मिलिमिटर वर्षा भएको हो । अझ केही दिन मनसुन कायम रहेकाले यो संख्या बढ्न सक्ने अनुमान छ ।

हावापानी विज्ञान महाशाखाका अनुसार सेप्टेम्बर महिना मनसुनको अन्तिम महिना मानिन्छ । सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन सकिने भए पनि यस वर्ष बढेको हो । अझै केही दिन मनसुनी वर्षा हुने हावापानी तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले जानकारी दिए । 

यसपालि भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको हुँदा अधिक वर्षा भएको मौसमविद् बताउँछन् । मौसमी वायु उत्तर–पूर्व सरेकाले अझै केही दिन नेपालको पूर्वी भेगमा अत्याधिक वर्षा हुने अनुमान छ । कास्कीको लुम्ले नेपालमै सबैभन्दा बढी पानी पर्ने क्षेत्र मानिन्छ ।

पोखरामा शुक्रवार साँझ मात्रै करीब १३ मिलिमिटर वर्षा भएको थियो । वर्षाका कारण पोखराका सडकहरू जलमग्न भएका थिए । मुसलधारे वर्षाका कारण पोखराको महेन्द्रपुल, पालिखेचोक, लेकसाइड, सिर्जनाचोक, सिद्धार्थचोक, राष्ट्र बैंक चोक, बिरौटा लगायतमा सवारी आवातजावतमा समेत समस्या भएको थियो ।

शुक्रवार सबैभन्दा बढी नवलपरासीको परासीमा देशमै सबैभन्दा बढी १६८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x