टिकटकमा प्रतिबन्ध लगाउने निर्णयमा अदालतको अस्थायी रोक, ट्रम्प हिस्स

अमेरिकाको एक संघीय अदालतका न्यायाधीशले ट्रम्प प्रशासनलाई एप्पल र गूगल प्लेस्टोरबाट अमेरिकामा टिकटक याप हटाउन बाध्य बनाउने निर्णयमा अस्थायी रोक लगाएका छन् । 

आइतवार साँझ न्यायाधीश कार्ल निकोल्सले टिकटकको समर्थनमा निर्णय दिएका हुन् । टिकटकले ट्रम्प प्रशासनमाथि अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गरेको र यापमा क्षति पुग्ने किसिमले जथाभावी व्यवहार देखाएको भनी तर्क गरेको थियो । 


Advertisement

अमेरिकाको वाणिज्य मन्त्रालयले अघिल्लो साताको आइतवार टिकटक हटाउन आदेश दिएको थियो । तर टिकटकको चिनियाँ स्वामित्वको कम्पनी बाईटडान्सले अमेरिकी कम्पनीहरू ओराकल र वालमार्टलाई शेयर बेच्ने

सम्झौतामा राष्ट्रपति डोनल्ड ट्रम्पले आरम्भिक स्वीकृति दिएपछि मन्त्रालयले मिति बढाएको थियो । 
 


Advertisement

टिकटकको चिनियाँ स्वामित्वका कारण अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ कम्युनिस्ट पार्टीमा पुग्ने भनी वाशिङटनले चिन्ता व्यक्त गरेपछि बाईटडान्सले अमेरिकी कम्पनीहरूसँग सम्झौता गर्नुपरेको थियो । 

यस सम्झौतालाई चीनले पनि निकै नजिकैबाट नियालिरहेको छ किनकि बेइजिङले हालै नयाँ निर्यात नियन्त्रण कानून बनाएको छ । बाईटडान्सदे चीन सरकारसमक्ष टिकटक चलाउने प्रविधि निर्यात गर्नका लागि अनुमतिपत्रको माग गर्र्दै निवेदन दिएको छ । याप चलाउँदा कस्तो भिडियो देखिने हो भनी सुनिश्चित गर्ने महत्त्वपूर्ण आल्गोरिदम पनि त्यसमा पर्छ । 

नयाँ कानूनले चीनलाई प्रविधि हस्तान्तरण रोक्ने शक्ति दिन्छ र यसले सम्झौतालाई ध्वस्त पार्न पनि सक्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्