×

NMB BANK
NIC ASIA

एक सातामै दशैंको लागि चिनी आइपुग्ने

असोज १३, २०७७

NTC
Premier Steels

साल्ट ट्रेडिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो ।

Muktinath Bank

कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्पोरेसनले खरिद गर्ने चिनीको गुणस्तर ठीक भएको प्रमाणपत्र आइतबार साँझ आइसकेकाले अब केही अवरोध नभए सात÷आठ दिनभित्रै चिनी नेपाल आइपुग्ने जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुणस्तरको प्रतिवेदन आउन ढिला हुँदा चिनी आउने समय पछि सरेको हो । अरू बेला अवस्थामा गुणस्तर परीक्षणका लागि नमुना पेस गरेको चार÷पाँच दिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणपत्र आउने गरेकामा यसपटक १० दिन लागेको उनले झाले बताउनुभयो । उनले भन्नुभयो, “चिनी खरिदका लागि गर्नुपर्ने अन्तिम प्रक्रिया बैङ्किङ प्रक्रिया (एलसी खोल्ने) आज÷भोलि नै सुरु गर्छौं, अब ढिला हुनुपर्ने कारण छैन । ”


Advertisment
Nabil box
Kumari

विदेशबाट खाद्यवस्तु खरिद गर्दा अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशालामा नमुना परीक्षण गर्दा गुणस्तर ठीक भएको प्रमाणपत्र अनिवार्य रूपमा भन्सारमा बुझाउनुपर्ने नियम हुन्छ । सोहीबमोजिम नेपालमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालाले मात्रै यस प्रकारको प्रमाणपत्र दिनसक्छ ।

Vianet communication

सो विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले विदेशबाट खाद्यवस्तु आयात गर्नुपरेमा आवश्यक कागजातसहित प्रमाणपत्रका लागि गुणस्तर परीक्षणको नमुना पेस गरेको बढीमा चार दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने गरेको जानकारी दिए।

उनले प्रमाणपत्रका लागि पेस गर्नुपर्ने आवश्यक कागजात भएको खण्डमा चार दिनभन्दा बढी नलाग्ने दाबी गरे । यदि १० दिन लागेको हो भने कागजात अपुग भएर हुनसक्ने उनको भनाइ छ ।

कर्पोरेसनका अनुसार हाल कर्पोरेसनसँग एक÷डेढ सय मेट्रिक टनको हाराहारीमा चिनी मौज्दात छ । हाल आफ्ना बिक्री केन्द्र र डिपोमार्फतबाहेक अन्य ठाउँमा कर्पोरेसनको चिनी बिक्री भएको छैन ।

खुला बजारमा प्रतिकेजी ९०÷९५ रुपियाँमा कारोबार भएको चिनी कर्पोरेसनले भने ७३ रुपियाँमा बिक्री गर्दै आएको छ । कर्पोरेसनको चिनी मौज्दात सकिँदै जानु र नयाँ खरिद ढिला हुँदा चिनीको भाउ बढेको विश्लेषण भइरहेका बेला कर्पोरसनको चिनी छिटो आउने सङ्केतले बजार भाउ घटने आश व्यापारीले गरेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले कर्पोरेसनको चिनी बजारमा आउनासाथ बजारमा अहिले बिक्रीको भएको मूल्यमा थोरै भए पनि घट्ने दाबी गरे । कर्पोरेसनले गएको फागुन महिनामै ५० हजार मेट्रिक टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत सरकारसँग अनुमति मागेको थियो । सरकारको गएको साउन १३ गतेको निर्णय अनुसार कर्पोरेसनलाई २० हजार मेट्रिक टन मात्रै चिनी खरिद गर्न स्वीकृत दिएको छ ।

सरकारले यसपटक कर्पोरेसनलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन गरी ३० हजार मेट्रिक टन खरिदका लागि स्वीकृति दिएको छ तर खाद्यको चिनी भने दशैँअघि नआउने पक्का भएको छ ।

देशमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा गत वर्ष एक लाख ७० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । यो हेर्दा पनि नेपाललाई वार्षिक ८० हजार मेट्रिक टन चिनी अपुग हुने गरेको देखिन्छ । खुला सीमाका कारणले ठूलो परिमाणमा तस्करीबाट नेपालमा चिनी भित्रिने गरेको छ । गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x