बैशाख १८, २०८१
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
असोज १४, २०७७
पछिल्लो साढे तीन महिनामा मास्क तथा स्यानिटाइजरको आयातका कारण मात्रै नेपाललाई सवा अर्बभन्दा बढीको आर्थिक भार परेको छ ।
कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण बढ्दै जाँदा मास्क, स्यानिटाइजर तथा अन्य डिसइन्फेक्सन सामग्री आयातका कारण सो अवधिमा १ अर्ब २५ करोड १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक भार परेको सरकारी तथ्यांकले देखाएको हो ।
मास्क तथा स्यानिटाइजरको आयात बढ्न थालेदेखि भन्सार विभागले जेठ १५ बाट औपचारिक रूपमा मास्क, स्यानिटाइजर तथा डिसइन्फेक्सनका सामग्रीहरूको आयातको पनि छुट्टै तथ्यांक राखेको थियो ।
जसअनुसार हालसम्म मुलुकबाट स्यानिटाइजरका लागि मात्रै ५५ करोड ९८ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
यस्तै फेस मास्कका लागि ५० करोड ३२ लाख रुपैयाँभन्दा बढी र अन्य डिसइन्फेक्सनका सामग्रीका नाममा १८ करोड ८७ लाख भन्दा बढी रकम बाहिरिएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा साउन र भदौ महिनामा मात्रै फेस मास्क, स्यानिटाइजर तथा अन्य डिसइन्फेक्सनका सामग्री आयातमा ४९ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यससँगै कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा ‘फेस मास्क’को आयातमा अत्याधिक वृद्धि भएको देखिएको छ ।
गत साउन र भदौमा नेपालमा १४ करोड ५२ लाख १३ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ ।
भदौ महिनामा मात्रै नेपालमा ६ करोड ७९ लाख ४३ हजार रुपैयाँ बराबरको मास्क आयात भएको देखिन्छ ।
गत साउन महिनामा ७ करोड ७२ लाख ७० हजार रुपैयाँ बराबरको मास्कको आयात भएको थियो ।
गत साउन र भदौ महिनामा नेपालमा २७ हजार १ सय ७१ किलो मास्क आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार, चीन, अस्ट्रेलिया, चेक रिपब्लिक, भारत लगायतका विभिन्न मुलुकबाट नेपालमा मास्क आयात गरिएको छ ।
यी देशहरूबाट छुट्टाछुट्टै रूपमा १ करोड ६१ लाख ४० हजार ७ सय ५३ वटा मास्क आयात गरिएको छ ।
गत साउन र भदौ महिनामा मुलुकमा २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बराबरका स्यानिटाइजर आयात भएका छन् ।
भन्सार विभागका अनुसार भदौ महिनामा मात्रै मुलुकमा १४ करोड २४ लाख ८ हजार रुपैयाँ बराबरका स्यानिटाइजर आयात भएका छन् ।
गत साउन महिनामा मुलुकमा १२ करोड २४ लाख १९ हजार रुपैयाँ बराबरका स्यानिटाइजर आयात भएका थिए ।
कोरोना भाइरसको महामारी बढ्दै जाँदा मुलुकमा स्यानिटाइजरको माग बढ्दै गएको भन्सार विभागले जनाएको छ ।
यसबीचमा मुलुकमा चीन, भारत, जापान लगायतका मुलुकबाट बढी मात्रामा स्यानिटाइजर आयात भएका छन् ।
यस्तै विभिन्न ‘डिसइन्फेक्सन’ आयातमा मुलुकबाट साउन र भदौ महिनामा ८ करोड ५५ लाख ६९ हजार रुपैयाँ बाहिरिएको छ ।
स्यानिटाइजरको गुणस्तरमा प्रश्न
विदेशी मुलुकबाट करोडौं मूल्य खर्चिएर आएका स्यानिटाइजरको गुणस्तरमा भने प्रश्न उठ्न थालेको छ । कोरोना महामारीको मौका छोपी केही व्यापारी तथा उद्योगीहरूले मानव जीवनमा हानी गर्ने हानिकारक रसायन स्यानिटाइजरमा मिसाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
औषधि व्यवस्था विभागले मात्रै हालसम्म विभिन्न १० कम्पनीलाई कारवाही गरिसकेको छ ।
‘इन्स्ट्यान्टट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस)सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन समावेश गरिएको भन्दै विभागले त्यस्तो स्यानिटाइजर बिक्री गर्ने कम्पनीमाथि रोक समेत लगाएको छ ।
कुन–कुन कम्पनी कारवाहीमा ?
विभागले गत भदौ ३१ गते चीनको Guangzhou obopekal fine केमिकल कम्पनी, ललितपुरको सम्पदा हेल्थ केयर, भारत गुजरातको RL crop India र श्रीनाथ हर्बल एन्ड कस्मेटिक उद्योग प्रालि, काठमाडौंलाई स्यानिटाइजरको नेपालमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको थियो ।
यस्तै असोज १२ गते (सोमवार) भारतको शिभिका कस्मीक्युटिकल इन्डिया प्रालि, पर्साको आर केमिकल एन्ड प्याकेजिङ उद्योग, बनेपाको कुमारी हर्बल उद्योग, ललितपुरको ओम आरोग्य हेल्थ केयर सेन्टर, काठमाडौंको कालिका सप एन्ड केमिकल कारवाहीमा परेका छन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...