सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ ।


Advertisement

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्