×

NMB BANK
NIC ASIA

पूजाका लागि भन्दै साली लिएर भारततिर, प्रहरीलाई शंका– ‘बलि दिन त हैन ?’

असोज १५, २०७७

NTC
Premier Steels

सिरहा नजिकैको भारतीय सीमामा पर्ने भीमनगरमा रहेको एक मन्दिरमा पूजाका लागि २ जना युवती चाहियो भन्दै खबर आयो । पूजामा चाहिने युवती ल्याएको खण्डमा मोटै रकम आउने युवती खोज्ने व्यक्तिले बताए ।

Muktinath Bank

सप्तरीको अग्निसाइर कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय मोहम्मद साहिल मनसुरी र सिरहाको लाहान नगरपालिका– १९ कटाहाका २९ वर्षीय जीवछकुमार साह युवती खोज्नतिर लागे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ फिट ६ इञ्च भएको, शरीरमा कुनै दाग नभएको लगायतका शर्त युवती मगाउने व्यक्तिले राखेको थियो । मन्सुरी र साह उनीहरू गोप्य रूपमा त्यस्ता युवतीहरू खोज्न लागे ।


Advertisment
Nabil box
Kumari

कहिले माया गर्ने बहानामा युवतीको नाप लिन्थे त कहिले उनीहरूलाई पैसा दिने लोभ देखाएर । तर पनि उनीहरूले भने बमोजिमका युवती पाउन सकेका थिएनन् । युवती खोज्नका लागि उनीहरू विभिन्न ठाउँमा भौँतारिए, तर अधिकांश मापदण्डभित्र परेनन्, परेकाहरू उनीहरूलाई विश्वास गर्न तयार भएनन् ।

Vianet communication

त्यसपछि निराश भएका उनीहरू आफ्नै घरपरिवार वा नजिकको आफन्तबाट विकल्प खोज्ने निष्कर्षमा पुगे ।

मन्सुरी र साह दुवै विवाहित थिए । उनीहरूको निशानामा परे आ–आफ्नै सालीहरू ।

सालीलाई फकाउन सजिलो हुने उनीहरूको निष्कर्ष थियो ।

उनीहरूले पूजामा बस्ने मात्रै हो, त्यसबाट केही पैसा आउँछ, हामी मिलेर लिउँला भनेर फकाउन थाले । 

उनीहरूले आ–आफ्ना सालीहरूको उचाइ नापे । शरीरमा खत वा कुनै चोटपटक भए/नभएको पनि हेरे ।

सबै मापदण्ड सालीमा पुग्ने देखेपछि उनीहरूको फोटो र अन्य विवरण भारत पठाइसकेको देखिएको प्रहरीले जनाएको छ । (प्रहरी अनुसन्धानमा खुलेको घटना विवरण)

***
आएको पैसा बाँडौंला भनेर फकाएको बयान उनीहरूले प्रहरीसमक्ष दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्रकुमार कार्कीले बताए ।

‘उनीहरूले आफ्नै सालीलाई पूजामा बसेबापत आएको पैसा बाँडौंला भनेर फकाएको देखिन्छ,’ डीएसपी कार्कीले लोकान्तरसँग भने ।

आफ्नै भिनाजुले भनेपछि नमान्ने कुरै भएन, उनीहरू तयार पनि भए । त्यसपछि भारततर्फ लैजानका लागि घरबाट प्रस्थान गरे ।

मन्सुरी र साहलाई २ युवती भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बुधवार सुनसरीबाट पक्राउ गर्‍यो ।

सुनसरीको कोशी गाउँपालिका– ८ भण्टाबारीस्थित नेपाल–भारत सीमा नाका हुँदै भारतर्फ जाने क्रममा शंका लागेर सोधपुछ गर्ने क्रममा प्रहरीले २२ र १९ वर्षीया दुई युवतीलाई उद्धार गरेको छ ।

पक्राउ गरिएका साह र मन्सुरी तथा उद्धार गरिएका २ युवतीहरूसँग पछि सोधपुछ गर्दा पूजामा बस्ने भनेर भारत लैजान लागिएको खुलेको छ ।

‘प्रारम्भिक अनुसन्धानमा युवतीलाई फकाएर भारत लैजान लागेको खुलेको छ,’ डीएसपी कार्कीले भने ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले नेपालबाट भारतमा पूजाका लागि भनेर लगिए पनि बलि दिनका लागि लैजान लागेको हुनसक्ने देखिएको बताए ।

‘नेपालबाट पूजाका लागि भनेर फकाउने र उता लगेर मानव बलि दिने योजना रहेको देखिन्छ,’ ती प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

अनुसन्धान पूरा भइनसकेकाले बलि दिन लागिएको भनेर प्रहरीले औपचारिक रूपमा भने भनिसकेको छैन ।

निश्चित उचाइ, जन्म मिति, उमेर, शरीरमा दाग नभएको, अविवाहित आदि खोज्नुले पनि बलि दिन लागिएको भन्ने शंकामा बल पुग्छ, ती अधिकृतले भने ।

यता जिप्रका सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीले भने बलिका लागि हो कि होइन भन्ने यकिन हुन बाँकी रहेको बताए ।

‘उनीहरूलाई बलिकै लागि लैजान लागिएको हो भन्ने कुराको पुष्टि भइसकेको छैन । ती युवतीको बयानलाई आधार मान्ने हो भने पूजाका लागि भनेर फकाएको देखिन्छ,’ जिप्रका सुनसरीका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले भने ।

प्रहरीका अनुसार उनीहरूलाई पूजाको समयमा ध्यानमा बस्नुपर्ने बताइएको थियो । त्यसबापत २ लाख रुपैयाँ आउने प्रलोभन देखाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले यस प्रकरणमा संलग्न अन्य अभियुक्तहरू पनि खोजी गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x