×

NMB BANK
NIC ASIA

लोकान्तर खोज नतिजा : आलोचनापछि ठूला दल नेकपा र कांग्रेसले फिर्ता गरे दशैं भत्ता

कात्तिक ३, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको महामारी व्याप्त रहेका बेला सांसदहरूले दशैं भत्ता लिएको भनेर व्यापक आलोचना भएपछि ठूला दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् ।

Muktinath Bank

सोमवार शुरूमा प्रतिपक्षी कांग्रेसले भत्ता सरकारी कोषमा नै फिर्ता गर्ने संस्थागत निर्णय गरेपछि सत्तारुढ दल नेकपाले पनि दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सबै सांसदको दशैं भत्ता कोभिड उपचार कोषमा जम्मा गर्ने निर्णय भएको लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सांसदहरूले दशैं भत्ता बुझेकोबारे लोकान्तरडट्कममा पहिलोपटक गत असोज ३० गते शुक्रवार समाचार प्रकाशित भएपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरेका थिए । अहिले आएर पार्टीले नै संस्थागत रूपमा भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् ।

Vianet communication


नेपाली कांग्रेसले दशैं भत्ताबापत आफ्ना सांसदको खातामा आएको ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका मुख्य सचेकत बालकृष्ण खाणले सोमवार एक विज्ञप्ति प्रकाशित गरी दशैं भत्ता कोरोना उपचार कोषमा राख्ने निर्णय भएको जानकारी गराएका छन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आमनेपाली जनता रोग, भोक र अभाव, पीडा र कठिनाइ व्यहोरिरहेको समयमा जनप्रतिनिधिलाई दशैं भत्ता बाँड्ने निर्णय समय सान्दर्भिक र उचित नभएकाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले भत्ता फिर्ता गर्ने निर्णय गरेको खाणले विज्ञप्तिमा जनाएका छन् ।


संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले पनि दशैं भत्ता फिर्ताका लागि छलफल शुरू गरेको छ । सो दलको केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको छ । सो बैठकबाटै भत्ता फिर्ताको निर्णय हुने एक सांसदले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x