दुब्लाउनुभयो ? यी ५ चीज खाएर छिट्टै मोटाउन सकिन्छ

वर्तमान समयमा आफ्नो तौल बढाउनका लागि मानिसहरू निकै लागि पर्छन् ।  

दुब्लोपनबाट निराश भएका मानिसहरू आफ्नो तौल बढाउन र मोटाउनका अनेक कामहरू गर्छन्, चिन्ता लिन्छन् ।  


Advertisement

यहाँ हामीले सहजै तौल बढाउनका लागि सहयोग मिल्ने टिप्सहरू राखेका छौं । जसले दुब्लोपनबाट विरक्तिएका मानिसहरूलाई सहज हुन सक्छ ।  

केरा 


Advertisement

तपाईं आफ्नो तौल बढाउन चाहनुहुन्छ भने केरा बढी प्रभावकारी हुन सक्छ । यो केवल पौष्टिक तत्वमात्र हैन यसमा काब्र्स र क्यालोरीसमेत धेरै पाइन्छ । एक सामान्य केरामा १०५ क्यालोरी, प्रोटिन १ ग्राम, फ्याट ०.४ ग्राम, काब्र्स २७ ग्राम, फाइबर ३ ग्राम र २६ प्रतिशत भिटामिन बि६ पाइन्छ । ओटमील तथा दहीको साथमा केरा खानाले तौल बढाउनमा सहयोग मिल्दछ ।  

नरिवल 

नरिवलमा धेरै प्रकारमा गुणहरू पाइन्छन् । यसमा क्यालोरी, फ्याट तथा काब्र्सको मात्रा पनि धेरै नै हुन्छ जसले तौल बढाउन मदत मिल्छ । २८ ग्रामको नरिवलमा ९९ क्यालोरी, १ ग्राम प्रोटिन, ९.४ ग्राम फ्याट, ४.३ ग्राम काब्र्स,, २.५ ग्राम फाइबर तथा ५ प्रतिशत सेलेनियम पाइन्छ । यसलाई सलादमा मिसाएर खान सकिन्छ ।  

आँप  

आँप एक स्वादिष्ट तथा पोषक तत्वले भरिपूर्ण फल हो । केराले जस्तै आँप पनि क्यालोरीको राम्रो स्रोत हो । १ सय ६५ ग्राम (एक कप) आँपमा ९९ क्यालोरी, १.४ ग्राम प्रोटीन, ०.६ ग्राम फ्याट, २५ ग्राम काब्र्स, ३ ग्राम फाइबर, ६७ प्रतिशत भिटामिन सी पाइन्छ । यसका साथै आँपमा भिटामिन बी, ए र इ पनि पाइन्छ । जसले मोटोपनलाई सहयोग गर्छ ।  

एभोकार्डाे 

एभोकार्डोमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ । यसमा क्यालोरी र फ्याटको मात्रा धेरै पाइन्छ । एक मध्यम आकारको एभोकार्डोमा १६१ क्यालोर, २ ग्राम प्रोटीन, १५ ग्राम फ्याट, ८.६ ग्राम काब्र्स, ७ ग्राम फाइबर, १७.५ प्रतिशत भिटामिन के पाइन्छ । साथै यसमा पोटाशियम, भिटामिन सी, बी५ र बी६ पनि पाइन्छ । 

ड्राई फूड्स 

ड्राई फूड्समा  धेरै प्रकारका पौष्टिक तत्व पाइन्छ । ड्राई फूड्समा इनर्जीका साथ साथ तौल बढाउने पनि शक्ति हुन्छ । यसमा नेचुरल शुगर धेरै हुन्छ यसले फ्याट तथा प्रोटिनलाई मिलाउँछ । ड्राई फूड्समा बदाम, काजु, किसमिस मिसाएर सेवन गर्नु लाभदायक हुन्छ ।  

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्