×

NMB BANK
NIC ASIA

कैलालीमा सवारी दुर्घटना : दुईको मृत्यु,चार घाइते

कात्तिक ६, २०७७

NTC
Premier Steels

कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटना परी दुई जनाको मृत्यु र चार  जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा कैलालीमा भएका सवारी दुर्घटनाबाट एक महिला,एक पुरुषको मृत्यु भएको र चार पुरुष घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले जानकारी दिए ।

Muktinath Bank

लम्की–चुहा नगरपालिका वडा नम्बर ९ की ३५ बर्सिया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशा तर्फ गइरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो। मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाइते भएका छन्।


Advertisment
Nabil box
Kumari

उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बसका चालक ३६ वर्षीय खगेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Vianet communication

यस्तै पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ ।

न्यौपानेले चलाएको सुप प्र ०१००८प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका उनलाई उपचारका लागि लालरत्न अस्पताल लगिए पनि उपचारकै क्रममा उनको बुधवार राती मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार  लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षी जन्मजय न्यौपाने घाइते भएका छन् ।

यस्तै बसले मोटरसाइकललाई ठक्कर दिँदा धनगढीमा १ जना गम्भीर घाइते भएका छन् । 

आज बिहान धनगढीबाट भन्सारतर्फ जादै गरेको से १ ख ६१४ नम्बरको बसले निर्माणाधीन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत विद्युत् प्राधिकरण नजिकै विपरीत दिशाबाट आइरहेको से ७ प ३१३५ को मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका हुन् ।गम्भीर घाइते चालकको परिचय खुलेको छैन ।उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x