×

NMB BANK
NIC ASIA

कालजयी गीतहरू

वर्षौंदेखि गुञ्जिँदै आएका यी दशैं गीत जुन कहिल्यै पुराना भएनन् र हुनेछैनन् [भिडियोसहित]

कात्तिक १०, २०७७

NTC
Premier Steels

दशैंको मुख्य दिन आज विजया दशमी । घरघरमा टीका–जमरा लगाएर मनाइँदै छ । टीकासँगै मान्यजनहरूबाट आशीर्वाद पनि ग्रहण गरिँदैछ । शहर सुनसान छ, गाउँहरू भरिभराउ ।

Muktinath Bank

दशैंलाई लक्षित गरी बर्सेनि विभिन्न गीतहरू बजारमा आउने गर्छन् । कतिपय यस्ता कालजयी गीत छन्, जुन बर्सेनि दशैंमा गुञ्जिन्छन् । दशैं विशेष सयौं गीतहरू सुन्न पाइन्छ, तर कतिपय यस्ता हिट गीत छन्, जो सदाबहार लोकप्रिय छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैं आयो 


Advertisment
Nabil box
Kumari

Vianet communication

दशैंको बेलामा सबैभन्दा बज्ने गीत हो, दशैं आयो । धेरैलाई थाहा नहुन सक्छ, यो गीत चलचित्र मुग्लानको हो । लोकनाथ सापकोटाको सिर्जनामा बनेको यो गीत निकै हिट छ, तर यसका सर्जक सापकोटा गाउँले जीवन बिताइरहेका छन् । उदित नारायण झा र दीपा झाले आवाज दिएको यो गीतमा लोकनाथ सापकोटाले नै संगीत भरेका हुन् । 

परदेश गएको छोरो घर आउने दिन कुर्दै औंला भाँचेर पर्खिरहेको, घर छाडेका परदेशी फर्केपछि परिवार र आफन्तमा छाएको खुशी, आमाले छोरो आउने बाटो कुरेको कुरा, जमरा, रातो टीकादेखि गाउँघरमा पिङ खेलेका कुरा यो गीतमा समावेश गरिएको छ ।

नमुछे आमा दहीमा टीका 

रिमेक भएको गीत

नमुछे आमा दहीमा टीका दशैंको समयमा सर्वाधिक बज्ने गीत हो । यो गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाइ लक्ष्मण रायमाझीले लेखेका हुन् । परदेशमा रहेको छोरोले आफ्नी आमालाई घरमा दशैंको समयमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरेको यो गीत सार्वजनिक भएको २० वर्ष हुन थाल्यो तर, अहिलेपनि उत्तिकै लोकप्रिय छ । दशैंको समयमा यो गीत सबैभन्दा धेरै बज्छ ।

बिछोडको पीडा नसकी खप्न

नारायण गोपाल र दिलमाया खातीले स्वर भरेकोे यो गीत दशैंमा सधैँ गुञ्जिन्छ । यो गीतमा दशैंको बेलामा परदेशमा रहँदाको पीडा, परदेशीको घर फर्किने चाहना समेटिएको छ । यस गीतमा रत्नशम्शेर थापाको शब्द तथा नारायण गोपाल स्वयंको संगीत छ । दशैंको कालजयी गीत बन्न सफल यो गीत ३० को दशकमा रेकर्ड भएको थियो ।

यसपालि त यस्तै भो आमा

जनगायक जीवन शर्माको स्वर रहेको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीत दशैंमा बज्ने अर्काे कालजयी गीत होे । यस गीतमा दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको बिरह समेटिएको छ ।

वर्षमा दिनैमा लै लै

वर्षमा दिनैमा लै लै पनि दशैंको अर्को कालजयी गीत मान्न सकिन्छ । रवि श्रेष्ठको शब्द रहेको गीतमा सुगम पोखरेलको संगीत तथा स्वर रहेको छ । परदेशीले घर परिवारलाई सम्झेर पोखेको बेदना यो गीतमा समेटिएको छ । यो गीतमा दशैंमा छोराको बाटो कुरेर बस्ने बुवाआमा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीको कथा छ । 

दशैं आयो खुशी लिएर

गायक प्रमोद खरेल र मेलिना राईको स्वरमा सजिएको गीत ’दशैं आयो खुशी लिएर’ पनि यो पर्वमा सबैभन्दा सुनिने गीत हो । यो गीतमा गोविन्द गौतमको शब्द र विकास चौधरीको संगीत सुन्न सकिन्छ ।

फौजीलाई कुन हो दशैं

दशैंको समयमा बज्ने अर्को लोकप्रिय गीत हो, ‘फौजीलाई कुन हो दशैं’ । सशस्त्र प्रहरी बलको यो गीतमा दीपक कोइरालाको शब्द छ । जगदिश समालले आवाज दिएको यो गीतमा सुरेश गैरेले संगीत दिएका छन् ।

दशैं नै हो कि यो मेरो दशा 

योगेश्वर अमात्यको स्वरमा बनेको ‘दशैं नै हो की यो मेरो दशा’ पनि धेरैको दिमागमा छाप छाडेको गीत हो । गीतले दशैंले विपन्न वर्गमा कस्तो किसिमको समस्या ल्याउँछ भन्ने किसिमको भाव समेट्छ । यो गीत निकै मर्मस्पर्शी छ ।

प्रेम बस्नेतको शब्द, न्ह्यू बज्राचार्यको संगीतमा बजारमा आएको यो गीत करीब २ दशक अगाडि रेकर्ड भएको थियो ।

आयस्रोत एकदमै कम भएका परिवारलाई दशैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको तीतो यथार्थ गीतले बोलेको छ ।

यसपालि दशैंमा

स्वर्गीय गायक कुल पोखरेलको शब्द, संगीत र आवाजमा निर्माण भएको ‘यसपालि दशैं’मा पनि दशैंको समयमा सर्वाधिक बज्ने गीत हो । २००९ मा सार्वजनिक भएको यो गीत २०१३ मा रिमेक भएर समेत सार्वजनिक भएको थियो ।

यो दशैं तिहार

‘यो दशैं तिहार’ पनि लोकप्रिय दशैं गीतहरूमध्येको एक हो । यो गीतमा सुमन कुमार श्रेष्ठको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीत बनेको पनि धेरै वर्ष भयो, तर सधै उस्तै चर्चामा छ ।

ह्याप्पी दशैं ह्याप्पी तिहार 

नितेशजंग कुँवरको ‘ह्याप्पी दशैं ह्याप्पी तिहार’पनि निकै मिठो गीत हो, यो पर्वका लागि । नितेशकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा श्रृष्टि श्रेष्ठ, जोत्सना योगी, सारुक ताम्राकार लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

दशैं तिहार

गायक सुगम पोखरेलको गीत ‘दशैं तिहार’ रवि श्रेष्ठले लेखेका हुन् । गीतमा संगीत गायक पोखरेलकै रहेको छ । यो गीत सुगरमको सांगीतिक इतिहासमा सबैभन्दा चलेको गीत मान्न सकिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x