×

NMB BANK
NIC ASIA

जाडोमा झनै बढ्न सक्छ संक्रमण : विज्ञ

कात्तिक १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

Muktinath Bank

उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने बताए । ‘जाडोयाममा दमको समस्यासमेत बढ्छ,’ उनले भने, ‘सकेसम्म इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) विरुद्घको खोप लगाउनु फाइदाजनक हुन सक्छ ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा शरीर झन् कमजोर हुने भएकाले त्यस्तो खोपले जटिल परिस्थितिबाट जोगाउन सक्छ । ‘पुस–माघसम्म संक्रमणको विस्तार जारी नै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्घको खोप बजारमा आउन सक्छ । त्यसैले जोखिममा रहेकाहरूले केही समय अझ जोगिएर बस्नुपर्छ,’ डा. पाण्डेले भने ।

Vianet communication
Laxmi Bank

कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशत हाराहारी काठमाडौं उपत्यकामै भएकाले राजधानीवासी सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् । कुल सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ मध्ये ४९.६३ प्रतिशत काठमाडौं उपत्यकामा छन् । कोभिडले हुने मृत्युदर बढिरहेको छ । हालसम्म पीसीआर परीक्षण गरेर कोभिड संक्रमण देखिएकामध्ये ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

देशभरमा कोभिड संक्रमितमध्ये ३२ प्रतिशत मात्र महिला भए पनि पछिल्ला दिनमा यो प्रतिशत बढिरहेको छ ।

गत शुक्रबार कुल संक्रमितको ३७.५६ प्रतिशत, शनिबार ३५.०१ प्रतिशत, आइतबार ३७.३५ प्रतिशत, सोमबार ३८.८८ प्रतिशत, मंगलबार ३७.०१ प्रतिशत र बुधबार ३८.७९ प्रतिशत महिला छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सक्रिय संक्रमितमध्ये ०.१० प्रतिशत व्यक्ति सघन उपचारमा छन् । हाल २ सय ९० जना आईसीयू र ७२ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १ सय ७८ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् ।

‘देशभरिमा मंगलबार ५ सय ७० जनामा कोभिड पोजिटिभ देखिँदा मृत्यु हुनेको संख्या १४ पुग्नु बढी हो,’ डा. पाण्डेले भने, ‘पछिल्ला दिनमा परीक्षण कम भए पनि आईसीयू र भेन्टिलेटरमा रहेकाहरूको मृत्यु भइरहेको छ ।’

दसैंताका कोभिड–१९ को परीक्षण कम भएको छ । कुल पीसीआर परीक्षणमा बुधबार २३.६९ प्रतिशतलाई संक्रमण देखिएको छ । मंगलबार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षणबाट ५ सय ७० जना (२५.४ प्रतिशत) मा संक्रमण पाइएको थियो । संक्रमणको दर सोमबार ३४.७७ प्रतिशत, आइतबार २३.१९ प्रतिशत र शनिबार २९.७ प्रतिशत थियो । कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।

बुधबार मात्र २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २ सय ९५ वटा नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार
२ सय ४८ नमुनाको परीक्षण गरियो । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x