×

NMB BANK
NIC ASIA

कृषि ज्ञान केन्द्र स्थापना भएपछि महोत्तरीका किसान उत्साहित

कात्तिक १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् । 

Muktinath Bank

बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कात्तिकको पहिलो सातामै जलेश्वरमा स्थापना भएको केन्द्रले अब जिल्लामा कृषिक्षेत्रका आवश्यकताबारे प्रत्यक्ष समन्वय गर्ने किसानले आस पालेका छन् । “पछिल्ला करिब तीन वर्ष (जिल्ला कृषि बिकास कार्यालय हटेयता) त हामी रनभुल्ल थियौं”, जिल्लामै मिहिनेती र नयाँनयाँ कृषि प्रविधिबारे चासो राख्ने किसानका रुपमा चिनिएका भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादवले भने, “अब भने किसानलाई परामर्श सेवा, प्राविधिक सरसल्लाह र सहुलियत समयमा पाउने आस जागेको छ ।”


Advertisment
Nabil box
Kumari

यसअघि स्थानीय तहको निर्वाचन पूर्व जिल्ला÷जिल्लामा रहेका जिल्ला कृषि बिकास कार्यालय निर्वाचनपछि हटेर सरकारले दुई जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको थियो । प्रदेश नं २ का आठ जिल्लामा चार केन्द्र सञ्चालनमा ल्याएअनुरुप महोत्तरी र सर्लाहीका लागि मलङ्गवा तोकिएको थियो । यस अवधिमा सामान्य सरसल्लाहका लागि खोज्दा पनि कृषि प्राविधिक उपलब्ध नभएका यहाँका किसानको गुनासो छ ।

Vianet communication
Laxmi Bank

किसानले अब जिल्लाका बिभिन्न भेगमा रहेका कृषि सेवा केन्द्र, स्थानीय तह र किसानबीच नवस्थापित कार्यालयले समन्वय गरिदिने आस गरेका छन् । जिल्लाका १५ स्थानीय तहमा कतैपनि कृषि शाखा राम्रो सञ्चालनमा नरहेको बेला स्थापना भएको कार्यालयले अब यस दिशामा सकारात्मक पहलकदमी तत्काल लिने बिश्वास जागेको जिल्लाकै गौशाला नगरपालिकाको बटौवाबस्तीका किसान अरुण सिंह कुशवाहाले बताए ।

महोत्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको मानिन्छ । यहाँ तरकारी, फलफूल, माछापालन, पशुपालन (दुध र मासु उत्पादनका लागि) र अन्नबालीका खासखास पकेटक्षेत्र यसअघि नै तोकिएका छन् । अब जिल्लामा स्थापित कृषि ज्ञान केन्द्रले खासखास क्षेत्रमा लागेका किसानलाई थप उत्प्रेरित गर्न आवश्यक रहेको लामो समयसम्म कृषिक्षेत्रमा कृषिविज्ञका हैसियतमा सरकारी सेवा दिएर हाल सेवानिवृत भएका भङ्गाहा–६ का बासिन्दा राजकिशोर यादवले बताए ।

प्रदेशभित्र प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा समुचित समन्वय हुन नसकेको गुनासो बढेपछि प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत भदौमा सबै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेअनुरुप अहिले केन्द्र सञ्चालनमा आएको हो । कार्यालयले अब किसानको हित र कृषि उत्पादन वृद्धिको ठोस लक्ष निर्धारण गरेर नै काम ब्यवस्थित गर्ने जनाएको छ । “हामीले किसानका आवश्यकतासँग सेवालाई जोड्ने छौं”, जिल्लामा नवस्थापित केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भने , “यसक्रममा कृषि सहकारी संस्थाहरु, स्थानीय तह र हाम्रा मातहत सेवा केन्द्रबीच समन्वय गरिनेछ ।”

जिल्लाका आम किसानले मुख्यतः सिचाइ प्रबन्धका वैकल्पिक उपायको अवलम्वन, उपयुक्त समयमा बीउउविजन, मल र सुलभ ऋण, माटो जाँच  तथा नियमित समन्वय र प्राविधिक परामर्श पाई रहनुपर्ने बताएका छन् । यता कार्यालयले आफूसँग रहेको जनशक्ति र स्रोतसाधनको भरपूर सदुपयोग गरिने जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x