गोकर्णेश्वरमा कोरोनाले हालसम्म १७ जनाको मृत्यु

गोकर्णेश्वर नगरपालिकामा हालसम्म १ हजार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन् । 


Advertisement

नगरपालिकामा ९ पुरुष र ८ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए ।

नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय संक्रमित छन् । होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन् । अस्पतालको आइसोलेसनमा ९ पुरुष र ११ महिला गरी २० जना छन् । 


Advertisement

कोरोना भएका ४ पुरुष र १ महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा १ हजार ५२८ पुरुष र १ हजार ४०४ महिला गरी २ हजार ९३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कमेन्ट गर्नुहोस्