भारतको मध्य प्रदेशको इन्दोरमा एक किशोरी आइतवार राति होर्डिङ बोर्डमा चढेकी छन् ।
उनी परदेशीपुरामा रहेको भण्डारी पुलको होर्डिङ बोर्डमा चढेकी हुन् । त्यहाँ चढेर उनी फोन चलाइरहेको देखिन्छ । मानिसहरू उनलाई त्यहाँ देखेर के भो भनी जान्न भेला भएका थिए ।
प्रहरी पनि घटनास्थलमा आयो अनि किशोरीको प्रेमीसँग फोन सम्पर्क गर्यो ।
प्रेमीले आएर उनलाई होर्डिङ बोर्डबाट झर्न लगाएपछि बल्ल उनी तल आइन् ।
आमाले उक्त युवकसँग विवाह गर्न नदिएपछि विरोधमा आफू होर्डिङ बोर्डमा चढेको किशोरीले बताइन् ।
एजेन्सी