×

NMB BANK
NIC ASIA

चीनमा बीओके र हिमालयन बैंकको मुद्दा फेरि लम्बियो

मंसिर ६, २०७७

NTC
Premier Steels

बैंक अफ काठमान्डू (बीओके) र हिमालयन बैंकको मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टीसम्बन्धी चीनमा चलिरहेको मुद्दा फेरि लम्बिएको छ ।

Muktinath Bank

गत कात्तिक २१ मा त्यहाँको जिल्ला अदालतले बीओके र हिमालयन बैंकको पक्षमा फैसला गरेको थियो । फैसला चित्त नबुझेको भन्दै अर्को पक्ष चाइना रेलवे शुक्रबार हेनान प्रदेशको उच्च अदालतमा पुनरावेदनका लागि गएपछि मुद्दा लम्बिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालतमा मुद्दा परे पनि फैसला आफूहरूको पक्षमा हुने बीओकेका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको दाबी छ । ‘पछिल्लो फैसला हाम्रै पक्षमा भएकाले पैसा फिर्ता पाउनेमा हामी ढुक्क छौं,’ उनले भने, ‘रकम आउन ४/६ महिना लाग्ने देखियो ।’


Advertisment
Nabil box
Kumari

यसअघि त्यही उच्च अदालतले तल्लो (जिल्ला) अदालतलाई मुद्दा पुनर्विचार गर्न निर्देशन दिएको थियो । सोही आधारमा जिल्ला अदालतले पुरानो फैसला उल्टाएर बीओके र हिमालयन बैंकको पक्षमा फैसला गरेको थियो । अहिले फेरि उच्च 'अदालतमै मुद्दा परेकाले आफूहरू बलियो रहेको पन्तले बताए ।

Vianet communication

‘हारेको कम्पनी उच्च अदालतमा गएकाले केही समय लाग्न सक्छ । तर रकम आउँछ नै,’ उनले थपे, ‘आफैले तल्लो अदालतलाई पुरानो फैसला उल्ट्याउन निर्देशन दिएको उच्च अदालतले फेरि त्यही मुद्दा कसरी जिताउला र ?’ चाइना रेलवे पुनरावेदनका लागि उच्च अदालत नगएको भए जिल्ला अदालतको फैसलाका आधारमा बीओके र हिमालयन बैंकले पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापतको करिब डेढ अर्ब रुपैयाँ पाउँथे । मुद्दा परेपछि सो रकम तत्काल नआउने भएको हो । बैंकहरूले कात्तिक अन्तिम साता नै रकम माग्दै चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) लाई पत्र पठाएका थिए ।

बीओके र हिमालयन बैंकले आयोजनालाई सीसीबीका नाममा काउन्टर ग्यारेन्टी दिएका थिए । २०६५ चैतमा बीओकेले काउन्टर ग्यारेन्टीका रूपमा १४ लाख युरो र ६६ लाख अमेरिकी डलर (कुल ८४ करोड रुपैयाँ) को अग्रिम भुक्तानी दिएको थियो । हिमालयन बैंकले भने ६६ लाख डलर (करिब ६६ करोड रुपैयाँ) पर्फमेन्स ग्यारेन्टी दिएको थियो ।

चाइना रेलवेले २०६९ भदौमा मेलम्चीसँगको ठेक्का तोडेपछि राष्ट्र बैंकले हिमालयनबाट सो रकम जफत गरी मेलम्चीलाई भुक्तानी दिएको थियो । तर सीसीबीले अनेक बहानामा नेपाली बैंकलाई झुलाउँदै आएको थियो । तत्कालीन समयमा मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रूपमा सीबीबी रहेको थियो । सीसीबीका नाममा यहाँका बैंकले काउन्टर ग्यारेन्टी दिएका थिए ।

चाइना रेलवे ब्युरोले ठेक्का तोडेपछि मेलम्ची आयोजनाले काठमाडौं जिल्ला अदालतमा ग्यारेन्टी रकमको दाबी गर्दै नेपाली बैंकलाई समेत मुद्दा हाल्यो । काठमाडौं अदालतले मेलम्चीको पक्षमा निर्णय गरेसँगै राष्ट्र बैंकको पहलमा सम्बन्धित बैंकहरूले राष्ट्र बैंकमा राखेको रकमबाटै आयोजनालाई रकम भुक्तानी गरियो । त्यसपछि नेपाली बैंकहरूले चीनमा मुद्दा दार्ता गराएका हुन्, जसको प्रक्रिया अझै जारी छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x