×

NMB BANK
NIC ASIA

नेप्सेमा लाग्यो उकालो, बुधवार ६५ अङ्कको वृद्धि

मंसिर १०, २०७७

NTC
Premier Steels

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ ।

Muktinath Bank

पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ६४.७० विन्दुले उकालो लागेर एक हजार ८४७.८१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.९६ विन्दुले उकालो लागेर ३६२.३३ मा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेयर बजार २०७३ साउन १२ गते बुधबारकै हाराहारीमा पुगेको छ । सो दिन नेप्सेले एक हजार ८८१.४५ विन्दु कायम गरेको थियो ।


Advertisment
Nabil box
Kumari

उक्त विन्दुमा पुग्नका लागि आज मात्रै सात अङ्क कम रहेको छ । नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत रु पाँच अर्बमाथि पुगेको छ । कूल १९६ कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर रु पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार ४८८ मूल्यमा खरिद बिक्री भए ।

Vianet communication

स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । होटल उपसमूह १.०२ विन्दुले ओरालो लाग्दा बैंकिङ ४०.४, व्यापार १७९.९९, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, वित्त १५.२८, निर्जीवन बीमा ३१६.६९, उत्पादन ३००.३३, अन्य ९५.२१, लघुवित्त १०६.८६, जीवन बीमा १९०.४३ र सामूहिक लगानी कोष ०.१५ विन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज नेको इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु ४२ करोड २९ लाख ९८ हजार ५२६ बराबरको कारोबार भयो । यस्तै, पुनर्बीमा कम्पनी रु ३६ करोड ७३ लाख ८४ हजार २७४, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ७९ लाख नौ हजार ८९१, नबिल बैंक रु २९ करोड ६२ लाख ३५ हजार ३३३, नेपाल बैंक रु २३ करोड ४१ लाख ५० हजार ७५०, शिखर इन्सुरेन्स रु २० करोड ६० लाख ९६ हजार २४५ र प्रभु बैंकको रु १९ करोड ६० लाख ७४ हजार २४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा विशाल बजार कम्पनी १०, शिवम् सिमेन्ट १०, एनएमबी माइक्रोफाइनान्स १०, नेपाल पुनर्बीमा कम्पनी ९.९२, अजोड इन्सुरेन्स ९.९१, नेपाल दूरसञ्चार कम्पनी ९.८६, आँखु खोला जलविद्युत् कम्पनी ९.७७, शिवश्री हाइड्रोपावर ९.६८, ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए ।

यस्तै, नेशनल हाइड्रो पावर ५.८०, लक्ष्मी इक्विटी फन्ड ३.६८, सिनर्जी पावर २.०८, युनिभर्सल पावर २.०३, एभरेष्ट बैंक १.९८ जानकी फाइनान्स १.९५ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x