नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका सहित संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या भने १ हजार ४ सय ३५ पुगेको छ ।
१७ हजार २ सय ३७ जना संक्रिय संक्रमित छन् भने निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
लोकान्तर संवाददाता