×

NMB BANK
NIC ASIA

९० महिलाको हत्या गर्ने अमेरिकी सिरियल किलर, जसले ३५ वर्षसम्म एफबीआईलाई नै मात खुवाए

मंसिर १७, २०७७

NTC
Premier Steels

अमेरिकी प्रहरीलाई विश्वकै प्रभावकारी मानिन्छ । अझै एफबीआई त विश्वकै एक नम्बर खुफिया एजेन्सी मानिन्छ । हालै अमेरिकामा एक सिरियल किलरको कहानीले एफबीआईलाई नै निरन्तर ३५ वर्षसम्म मात खुवाएको पुष्टि हुन्छ । 

Muktinath Bank

सेमुअल लिटिन नामका ७८ वर्षीय ती हत्याराले ३५ वर्षसम्म ९० भन्दा बढी महिलाको हत्या गरेका छन् । सन् २०१२ मा पक्राउ परेका हुन् १९७० देखि २००५ सम्म आफूले ९० भन्दा बढी महिलाको हतया गरेको स्वीकारेका छन् । अमेरिकी अदालतले उनलाई अहिले तीन वर्षको सजाय सुनाएको छ । यसअघि तीन पटक उनलाई जन्मकैदको सजाय पनि सुनाइसकेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले स्वीकारेको हत्या आरोप पुष्टि भयो भने अमेरिकी इतिहासमै सबैभन्दा बढी व्यक्तिको हत्या गर्ने हत्याराको सूचीमा सेमुअल पर्नेछन् । उनको यो बयानले अमेरिकी प्रहरी र एफबीआईलाई अचम्मित बनाएको छ ।


Advertisment
Nabil box
Kumari

साथै विश्वको नम्बर एक दाबी गर्ने एफबीआईलाई ३५ वर्षसम्म ९० जनाको हत्यापछि पनि मात खुवाउने सेमुअल पहिलो व्यक्ति नै बन्नेछन् । 

Vianet communication

३५ वर्षमा ९० हत्या

सेमुअलले ३५ वर्षको अवधिमा ९० हत्या गरेको स्वीकारेका छन् । यसमा ३४ हत्याको पहिले नै पुष्टि भइसकेको छ ।

सेप्टेम्बर २०१२ मा सेमुअललाई गिरफ्तार गरिएको थियो । पक्राउपछि उनलाई क्यालिफोर्निया लगिएको थियो । उनलाई पहिला तीन महिलाको हत्या आरोपमा पक्राउ गरिएको थियो ।

लस एन्जेलिस प्रशासनले १९८७ देखि १९८९ बीच भएको तीन महिलाको हत्या आरोपमा पुष्टि गर्न समेुअलको डीएनलाई मिलान गराएको थियो । डीएनए मिलेपछि उनले एक एक गर्दै आफ्नो हत्याबारे कहानी बताएका हुन् ।

यी तीन महिलालाई पहिला कुटपिट गरिएको थियो । त्यसपछि घाँटी च्यापेर हत्या गरी शवलाई गाडिएको थियो । सेमुअललाई यी तीन महिलाको हत्यामा सजाय सुनाइएको थियो ।

अहिले उनको बयानपछि प्रहरीले एफबीआईमार्फत उक्त डीएनए मागेको छ । अरु हत्यामा पनि जानकारी लिनका लागि एफबीआईसँग डीएनए माग गरिएको हो ।

अचम्मको कुरा त के छ भने, सेमुअल जुन व्यक्तिको हत्या गर्दथे उनीहरु सबै यादमा रहेको बताएका छन् । यतिमात्रै नभइ हत्या भएका सबैको अनुहारसमेत याद रहेको एफबीआईसमक्ष आफ्नो बयान दिएका छन् । 

एकै तरिकाले सबैको हत्या

सेमुअलल् ९० भन्दा बढी महिलाको हत्या गरेका छन् । उनलाई तीनपटक जन्मकैदको सजाय सुनाइएको छ । सोधपुछका क्रममा उनले आफ्नो क्रुर हत्याबारे जानकारी दिएका छन् ।

१९८० को दशकमा उनले एक्लै लस एन्जेलिसमा कैयौं महिलाको हत्या गरेका थिए । अचम्म लाग्दो कुरा त के छ भने सेमुअल एक एक गर्दै हतया गर्दै गए पनि विश्वकै प्रभावकारी मानिएको अमेरिकी प्रहरी उनलाई पक्राउ गर्न असफल थियो ।

उनले सबै हत्या एकै तरिकाले गरेका थिए । प्रहरीले हत्याको प्रकृति हेर्दै सबै हत्या एकै व्यक्तिले गरेको हुनसक्ने अनुमान लगाएको थियो । 

गरिब महिलालाई आफ्नो शिकार बनाउथे 
 

अमेरिकी प्रहरीका अनुसार उनले ज्यादा तर गरिब महिलालाई नै आफ्नो शिकार बनाउने गरेका थिए  ।

जो महिला नशाको कुलतमा फसेका हुन्थे त्यस्तैलाई उनले आफ्नो शिकार बनाउथे । एक एक गर्दै निरन्तर हत्या गर्दै गए पनि प्रहरीबाट हरेकपटक उनी बच्दै आएका थिए ।

अमेरिकी प्रहरीले उनलाई वर्षौंदेखि खोजी गर्दै आएको थियो । सन् २०१२ मा पहिलोपटक प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले एक एक गर्दै आफ्नो अपराध स्वीकार गरेका हुन् ।

३५ वर्षसम्म निरन्तर हत्यामा संलग्न भए पनि अमेरिकी प्रहरीले लामो समयसम्म पक्राउ गर्न नसकेको भन्दै एफबीआईमाथि नै विश्वसनियताको प्रश्न खडा गरेका छन् सेमुअलले । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x