×

NMB BANK
NIC ASIA

शेयर बजार बढाउन चलखेल !

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलबाट भएको नियामक निकाय धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ ।

Muktinath Bank

अहिले धेरै कम्पनीका शेयर मूल्य बढ्नुमा उचित कारण नभएको अध्ययनको निष्कर्ष छ । धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बिक्री सम्बन्धमा हालै गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२०७७ असारको तुलनामा मंसिर ११ सम्मको सूचीकृत कम्पनीको शेयर मूल्य अध्ययन गर्दा २७ कम्पनीको मूल्यमा शतप्रतिशतभन्दा बढी वृद्धि भएको, ५० प्रतिशतदेखि शतप्रतिशत मूल्य वृद्धि हुनेमा ३१ कम्पनी छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘वृद्धिको उल्लेख्य कारण यकिन हुन सकेन ।’ यी कम्पनीको मूल्य वृद्धिलाई उचित मान्न सक्ने कारण नदेखिएकाले त्यस्ता कम्पनीको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्न जरुरी रहेको प्रतिवेदनले सुझाएको छ । अस्वाभाविक रूपमा शेयर मूल्य बढ्ने कम्पनीले कम मात्र शेयर सर्वसाधारणलाई जारी गरेका छन् । सीमित व्यक्तिसँग मात्र शेयर भएकाले ती शेयर ‘कर्नरिङ’ गरी चलखेल गरेर मूल्य बढाइएको हुन सक्ने अध्ययनको निष्कर्ष छ ।
शेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन् ।


Advertisment
Nabil box
Kumari

५० प्रतिशतदेखि शतप्रतिशत वृद्धि हुनेमा ३१ कम्पनीमा जलविद्युत् उपसमूहका आठ, वित्त समूहका सात, निर्जीवन बिमा समूहका पाँच र वाणिज्य बैंक समूहका तीन कम्पनी छन् । यस्तै विकास बैंक, होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका दुई/दुई कम्पनी रहेको प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

नेप्सेको बजार पुँजीकरणमा उत्कृष्ट १० कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी (वृद्धिदर १ सय ६६ प्रतिशत) र नेपाल दूरसञ्चार कम्पनी (वृद्धिदर ६६ प्रतिशत) पर्छन् । सूचीकृत अरू कम्पनीले बजारमा सानो मात्रामा शेयर जारी गरेका छन् । यी कम्पनीको शेयर मूल्यमा प्रभाव पार्ने खालका परिस्थिति तथा घटना केही नभएको तर शेयर मूल्य उच्च अंकले बढेकाले स्वाभाविक नभएको अध्ययनको निष्कर्ष छ । अहिले अस्वाभाविक रूपमा शेयर मूल्य बढेका केही कम्पनीको तथ्यगत अध्ययन पनि प्रतिवेदनमा समेटिएको छ ।

पहिलो, आर्थिक वर्ष २०७६/७७ को असार मसान्तको चौमासिक प्रतिवेदनअनुसार हाल उच्च वृद्धि भएको कम्पनी आँखुखोला जलविद्युत्को कम्पनीको प्रतिशेयर नेटवर्थ ६८ रुपैयाँ मात्र छ । उक्त अवधिमा यो कम्पनीको शेयर मूल्य सबैभन्दा बढी २ सय २७ प्रतिशत बढेको छ । २०७७ असार मसान्तमा यो कम्पनीको शेयर मूल्य ४९ रुपैयाँ रहेकामा यही मंसिर ११ मा १ सय ६० रुपैयाँ पुगेको छ । ‘यस्तो असाधारण वृृद्धिलाई पुष्टि गर्ने आधार यकिन गर्न सकिएन । जसको मूल्य सजिलै घटबढ गर्न सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

दोस्रो, अहिले बजारमा धेरै शेयर मूल्य वृद्धि हुने दोस्रो कम्पनी रैराङ हाइड्रोपावर कम्पनी हो । असारदेखि हालसम्म यो कम्पनीको शेयर मूल्यको वृद्धिदर १ सय ९७ प्रतिशत छ । असार मसान्तमा यो कम्पनीको शेयर मूल्य ८९ रुपैयाँ थियो । यही मंसिर ११ सम्म यो कम्पनीको मूल्य २ सय ६४ रुपैयाँ पुगेको छ । असार मसान्तमा यो कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय २ रुपैयाँ छ । तेस्रो, गत असारदेखि हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनको शेयर मूल्यमा १ सय ६७ प्रतिशतको वृद्धिदर देखिएको छ, जसको कारण ३५ प्रतिशत लाभांश देखिन्छ । तर सो कारणले मात्र उच्च मूल्य हुनुपर्ने अवस्था देखिँदैन ।

धितोपत्र बजारमा सहभागीहरूको सूचना प्रवाहलगायत सुशासनको कमजोर अभ्यास र धितोपत्रको दोस्रो बजार सुपरिवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमीकमजोरीका कारणले समेत शेयर बजारमा ठूलो उतार चढाव आउने गरेको अध्ययनमा उल्लेख छ । ‘यसमा सुधारका लागि सूचना प्रवाहलगायत सुशासनसम्बन्धी ऐन–नियमका व्यवस्था तथा सम्बन्धित निर्देशनको परिपालना गराउन बजार सुपरिवेक्षणको सुदृढ पूर्वाधार तयार गर्नुका साथै कानुन प्रबलीकरण कार्य प्रभावकारी बनाउनुपर्ने,’ प्रतिवेदनमा उल्लेख छ ।

धितोपत्र बजार हल्ला तथा बजार प्रवृत्तिमा आधारित हुने गरेकाले यसमा सुधार ल्याउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ । त्यसो त बजारमा भित्री कारोबार मौलाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि स्वीकार गरेको छ । धेरै कम्पनीका शेयर मूल्य प्रभावित हुने निर्णय सार्वजनिक गर्नुअघि शेयर मूल्य अत्यधिक बढ्नु र ती निर्णय घोषणापछि शेयर मूल्यको वृद्धि रोकिनुले भित्री कारोबार भएको पुष्टि हुने स्रोतले बताएको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा यस्तो गतिविधि मौलाएको बताइएको छ । ‘अहिलेको शेयर बजारको वृद्धिमा अपी हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, नेको इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्सलगायत तीन दर्जनभन्दा बढी सूचीकृत कम्पनीको शेयर कारोबार भित्री सूचना चुहाएर भएको स्पष्ट रूपमा देखिन्छ,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधि रोक्न नियामक निकायका गतिविधि प्रभावकारी हुनुपर्‍यो । जिम्मेवारी पूरा गर्न नसक्ने अनि चलखेल बढ्यो भन्दै हिँड्नुको कुनै अर्थ हुँदैन ।’

बजारमा ख्याति कमाएका राम्रा कम्पनीको शेयर कारोबारमा यस्तो अवस्था देखिएको बताइएको छ । ‘शेयर बजारलाई असर गर्ने निर्णयहरू कम्पनीबाट औपचारिक रूपमा सार्वजनिक हुनुअघि विभिन्न माध्यममार्फत चुहाएर शेयर गर्ने प्रचलन निकै बढेको छ,’ स्रोतले भन्यो, ‘बजार बढेको समयमा यस्तो गतिविधि धेरै देखिन्छ ।’ यस्तो प्रवृत्ति नयाँ भने होइन । तर विगतको तुलनामा अहिले ह्वात्तै बढेको छ । बढेको बजारमा चलखेल गर्ने उद्देश्यले यस्तो प्रवृत्ति अकासिएको जानकारहरू बताउँछन् । पछिल्ला महिनायता शेयर बजार निरन्तर रूपम बढिरहेको छ । सोही क्रममा नेप्सेले यसअघिको उच्च विन्दु (१ हजार ८ सय ८१) पार गरी उकालो लागिरहेको छ । यस्तै कारोबार रकम, कारोबार संख्या र बजार पुँजीकरणले पनि हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । अर्थतन्त्रका अधिकांश परिसूचकको अवस्था राम्रो नभएको अवस्थामा आधारबिना शेयर बजार उच्च अंकले बढ्नुले दीर्घकालमा राम्रो नगर्ने विज्ञहरूको भनाइ छ ।

के हो इनसाइडर ट्रेडिङ ?
कुनै व्यक्तिले सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने शेयर कारोबार इनसाइडर ट्रेडिङ (भित्री कारोबार) हो । यसरी सूचना चुहाई आफूले वा अरूलाई कारोबार गर्न लगाए भित्री कारोबार भएको मानिन्छ । आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरूलाई दिन मिल्दैन । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x