×

NMB BANK
NIC ASIA

गुठी परम्परा जोगाउने जिम्मेवारी महानगरको हो, महानगरले नै दायित्व बहन गर्छ — मेयर शाक्य

मंसिर २०, २०७७

NTC
Premier Steels

ह्याउँम्ह किसि देय्ग (रातो हात्ती मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ ।

Muktinath Bank

काठमाडौं महानगरको वडा १८ किला घः मा रहेको मन्दिरको आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे। चालु आर्थिक बर्षको बजेटबाट यसको पुननिर्माण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्दिर उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले भने, ‘स्थानीइ भाषा, कला, साहित्य, सिर्जना, सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको हो । यसका लागि हामीले आवश्यक पर्ने जत्ति रकम खर्च गर्न सक्छौं । महानगरले गरेन कसैले भन्यो भने त्यो भ्रम मात्र हो । सम्पदा पुननिर्माण, मर्मत सम्भार र बचावटका लागि महानगरमा आएका कुनै पनि माग फिर्ता गरेका छैनौं । गुठी परम्परा हामीले नै जोगाउने हो । संस्कार, संस्कृति र परम्परा जोगाउने वा यससँग सम्बन्धित अमूर्त कला बचाउने कुनै योजना भए जसले पनि प्रस्ताव लिएर आउन सक्नुहुनेछ । हामी सहयोग गर्छौं ।’


Advertisment
Nabil box
Kumari

‘तपाई हाम्रो साझा प्रयासमा सम्पदा जोगाउन सकिन्छ । खुट्टा तान्ने र खेदो खन्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ ।’ मेयर शाक्यले भने, ‘कतै गलत भएको देखियो भेटियो भने तत्काल सुधार गर्नुपर्छ । राम्रा कामको प्रोत्साहन गर्ने बानीको विकास गर्नुपर्छ ।’

Vianet communication

त्यस क्रममा बोल्दै वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भित्री सहरका नाम अपभ्रंस भएर अर्कै उच्चारण हुन थालेपछि सडक, चोक र गल्लीको नाम रञ्जना लिपी, नेपाली र अंग्रेजी भाषामा नाम लेख्न थालिएको बताए । अपभ्रंस भएका शव्दले नामको अर्थ दिन सक्दैन । यसले मौलिकता नष्ट हुन्छ । यसलाई जोगाउन हामीले सडक, गल्ली र चोक गरेर करीव ४० ठाउँमा नाम लेखिएका बोर्ड राख्दैछौं । उहाँले भने, ‘भित्री सहरको पहिचान नामसँग छ । यसले प्राचीन समय र त्यस ठाउँको बिशेषता प्रकट गर्दछ ।’

२०७२ सालको भूकम्पले जीर्ण बनेको मन्दिरलाई पहिलेको संंरचनामा देखिएका त्रुटी सच्याएर पुननिर्माण गरिएको छ । करीब १३ लाख ५० रुपैयाँ लागतमा निर्माण सम्पन्न मन्दिरमा पहिले झिँगटीको बनाइएको हात्तीको सरीरलाई अहिले तामाको बनाइएको छ । रेलिङ्मा काठ राखिएको छ । पहिलेको काठको आसनलाई अहिले तामाले घेरिएको छ ।
दैनिक पूजा आजा हुने मन्दिरमा इन्द्रजात्राको अन्तिम दिन (नानिचा या) का दिन बिशेष पूजा हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x