
रूपन्देहीको बुटवलस्थित एक होटलमा खाग तस्करले गोली चलाएका छन् ।
बुटवल–८ सुख्खानगरस्थित न्यू कलश रेष्टुरेण्ट एण्ड गेष्ट हाउसमा आइतबार बिहान करिब साढे ९ बजे प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदै आफ्नै साथीलाई गोली लागेको छ ।
खास तस्करहरु बसेको सूचना पाएर प्रहरी टोली बिहान उक्त होटलमा पुगेको थियो । तस्करले चलाएको गोली लागेर उनकै साथी भक्तपुरका राकेश न्यौपानेको घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । उनले घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज पठाइएको छ । गोली प्रहार गर्ने फरार छन । दुई जना पक्राउ परेका छन ।’
चुउडोमा गोली लागेर घाइतको अवस्था गम्भीर छ । जाजरकोटको नायकवडा गाउँपालिका–४ का विरेन्द्रबहादुर सिंह गोली प्रहार गरी फरार भएका छन् । अन्य दुई जना पक्राउ पर्नेमा जाजरकोटको बारीकोट गाउँपालिका–४ का कर्णबहादुर राउत र सुर्खेतको लेकबेंसी नगरपालिकाका भक्तबहादर थापा रहेका छन् ।
प्रहरी होटलमा पुग्दा बाहिरबाट ढोका लगाइएको थियो । ढोका फेरर भित्र प्रवेश गर्दा तस्करले प्रहरीको पेस्तोल खोसेर प्रहार गरेका थिए । प्रहरी सादा पोशाकमा होटलमा पुगेको थियो । कोठामा गैँडाको खाग पनि बरामद भएको छ ।