×

NMB BANK
NIC ASIA

‘केपीको सेटिङको रहस्य के हो ?’

माघ ५, २०७७

NTC
Premier Steels

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता लादेर मुलुकलाई अँध्यारो सुरुङमा हाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

Muktinath Bank

उनले यसको संकेतका रूपमा ‘सेटिङ’ का कुरा सुनिन थालेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँ निकै ठूलो षड्यन्त्र भइराखेको छ । इतिहासलाई पूरै धकेल्ने, घुमाएर निरंकुशताको ठाउँमा पुर्‍याउने र देशलाई अँध्यारो युगमा हाल्ने षड्यन्त्र भएको छ । खुब सुनिन्छ नि आजभोलि, सेटिङ भइसक्यो रे । यो सेटिङ भन्ने शब्द अहिले डरलाग्दो छ,’ राजधानीमा आइतवार अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने ।


Advertisment
Nabil box
Kumari

दाहालले अदालत र निर्वाचन आयोगमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निर्णय हुनुपर्छ भनिरहेको बताए । तर आफूहरूको विश्वास अदालत र आयोगप्रति रहेको उनको भनाइ थियो । ओली र उनका मान्छेले अदालत र आयोगलाई समेत धम्क्याउँदै हिँडेको दाहालले बताए ।

Vianet communication

‘केपी र उनी नजिकका मान्छेहरूले सेटिङ भइसक्यो, सूर्य हाम्रै हुन्छ, अदालतले पनि हामीले भनेअनुसार नै गर्छ भनेको देख्दा यो सेटिङ शब्दभित्र के रहस्य हो भन्ने चिन्ता लागेको छ,’ उनले भने, ‘म यो मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहन्नँ । केपीको सेटिङलाई त शंका गर्न पाइयो नि हामीले ?’

दाहालले कुनै पनि षड्यन्त्रपूर्ण र प्रतिगामी गतिविधि रोक्न ‘प्रतिक्रान्तिकारीहरू’को मुटु हल्लिने खालको आवेगमय आन्दोलन चाहिएको बताए । ओलीले ‘शाकाहारी’ आन्दोलनलाई नगन्ने उल्लेख गर्दै दाहालले भने, ‘हाम्रो आन्दोलन अलि आवेगमय हुनुपर्‍यो, अलि जुझारु, आक्रामक हुनुपर्‍यो । शाकाहारी जस्तो हुनु भएन । बाघ, सिंह गर्जे जस्तो हुनुपर्ने भयो । प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिनुपर्‍यो ।’

प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उल्लेख गर्दै दाहालले कार्यकर्ताको रक्षाका लागि आन्दोलनको अग्रपंक्तिमा आफू हुने बताए । उनले कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको दाबी गरे । ‘माघ ९ गतेको प्रदर्शनमा हामी अग्रपंक्तिमा हुन्छौं । हिजो गिरिजाबाबु, माधव, झलनाथजीहरूले लाठी खाएजस्तै किन–किन मेरो टाउको चिलाएको हो कि के हो ? तपाईंहरू पछाडि, म अगाडि बस्छु । लाठी खान मन लागेको छ । म त्यो स्पिरिटमा छु,’ दाहालले भने, ‘यो प्रतिगमनलाई कुनै हालतमा सफल हुन दिइने छैन । हजारौं सहिद र योद्धाको सपना खेर जाने छैन ।’

सिंगो देश ओलीको असंवैधानिक कदमको विरोधमा उभिएको उल्लेख गर्दै दाहालले त्यसको नेतृत्व आफूहरूले लिनुपर्ने बताए । ‘खुशीको कुरा, केपीको कदमको विरोधमा प्रायः सबै जनता, सबै सेक्टर छन् । आन्दोलनका लागि योभन्दा राम्रो जनमत हुन सक्दैन । यति ठूलो जनमतको स्वीच दबाउने काम गर्नु छ । त्यसको नेतृत्व हामीले लिनु छ,’ उनले भने । उनले आक्रामक र जुझारु ढंगले जाने गरी आन्दोलनका कार्यक्रम बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

‘राजा–महाराजाहरूको श्रीपेच निकालेर फुटबल खेलेको इतिहास छ । देशलाई प्रतिक्रान्तिको भड्खालो र अँध्यारोमा हालेको हेर्न सकिँदैन । हिजो पनि मर्न हिँडेका हौं । जरुरी पर्छ भने मर्न तयार, तर झुक्न तयार छैनौं,’ दाहालले भने ।

यसअघि आइतवार नै दाहाल–नेपाल पक्षीय राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा दाहालले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेकाले आफूहरू आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएको बताएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x