×

NMB BANK
NIC ASIA

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

माघ ५, २०७७

NTC
Premier Steels

सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ ।

Muktinath Bank

गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा आइतबार साँझ  सम्पन्न नौं इभेन्टस्मा भएको खेलमा नेपाल आर्मीका खेलाडीले वर्चश्व कायम गरेका हुन् । पुरुष डबलमा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठ र रत्नजित तामाङले प्रथम स्थान हासिल गरेका छन् । आर्मीकै पविन र लिन्थेप र सरोज महर्जनलाई पछि पार्दै श्रेष्ठ र तामाङले प्रथम स्थान प्राप्त गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिला तर्फको डबलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी हुनुभएको छ । एपिएफका जेसिका गुरुङ्ग र सुनयना मुखियालाई पराजित गर्दै गिरी र महर्जनको जोडी प्रथम भएको जनाएको छ । एकल ब्वाइज अण्डर १७ तर्फ पनि आर्मीले नै सफलता हात पारेको छ । आर्मीका भोजबहादुर गुरुङले आर्मीकै आयुस्मान नगरीलाई पराजित गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी गल्स अण्डर १७ अन्तर्गत आर्मीकै रसिला महर्जन प्रथम भएकी छन् । उनले विराटनगर ब्याडमिन्टन क्लबका रोज पाण्डेलाई पराजित गरेकी हुन् । एकल पुरुषतर्फ कैलालीका देवराज रानाले आर्मीका दिवस शङ्करलाई पराजित गर्दै प्रथम भएका हुन् । 

Vianet communication

४५ वर्ष माथिका डबल पुरुषतर्फ अनिलकुमार लाखे बाँके र शुरेश श्रेष्ठले पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीलाई पछि पार्दै प्रथम पुरस्कार हात पारेका छन् । लेबल १२ का लागि एकल महिला तर्फ अर्मीका जेनिशा गुरुङ्गले एपिएफका रसिला महर्जनलाई पछि पार्दै पुरस्कार हात पारेका छन् ।

एकल महिला तर्फ फाइनलमा भिडेका कैलालीका प्राथना देउवाले झापाका अञ्जना राईलाई हराएका थिए । त्यसैगरी पुरुष सिङ्गल टप १६ का लागि फाइनलमा भिडेका सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका दीपेश धामीलाई सोझो सेटमा हराएका थिए । प्रतियोगितामा नौ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई जनालाई १० हजारका दरले पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ । 

प्रतियोगिता पश्चात आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, राष्ट्रिय खेलकूद परिषद्का केन्द्रीय सदस्य सुवास श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।                               

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x