महाकाली राजमार्गमाअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलङ्गातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नंको मालवाहक मिनीट्रकमा आगजनी गरिएको हो ।
आज दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक प्वाइन्टमा इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रकमा आगजनी भएको हो । नजिकै रहेको पेट्रोलपम्पमा तेल हाल्छु भनेर इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रक आगजनी भएको खबर आएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मालवाहक उक्त ट्रकमा रहेको हार्डवेयरको सामग्री र ट्रक जलेर नष्ट भएको बताइएको छ ।
लोकान्तर संवाददाता