×

NMB BANK
NIC ASIA

चिसोमा मधुमेहका बिरामीले यी ७ चीज नखाएकै बेस

माघ २०, २०७७

NTC
Premier Steels

चिसोको समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार, चिसो मौसममा मधुमेहका बिरामीले खानामा लापरवाही गरेमा ठूलो हानी हुन्छ । 

Muktinath Bank

यहाँ मधुमेहका बिरामीहरूले चिसो समयमा खान नहुने केही खानेकुराहरूबारे बताइएको छ  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जानौँ, चिसो समयमा मधुमेहका बिरामीले खान नहुने यी चिजहरू


Advertisment
Nabil box
Kumari

तेल भएको वा मसलेदार खाना 
मधुमेहका बिरामीहरूले यस मौसममा तेलमा धेरै पकाइएको वा मसला धेरै राखेर पकाइएको खानेकुरा नखाएकै बेस हुन्छ । परौठा, मकैको रोटी, पुरी, समोसाजस्ता खानेकुरा यस समयमा नखानुहोस् । यसले हाम्रो पाचन प्रणालीलाई समेत कमजोर बनाउँछ । मधुमेहका बिरामीले यस समयमा यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ । 

Vianet communication

सुन्तला
भिटामिन सीले भरिपूर्ण हुने सुन्तला हाम्रो इम्युनिटी बढाउनका लागि राम्रो मानिन्छ । तर सुन्तलामा चिनीको मात्रा अत्याधिक हुन्छ । यसले मधुमेहका बिरामीहरूलाई राम्रो गर्दैन । यसकारण चिसो समयमा मधुमेहका बिरामीहरूले सुन्तला खानुबाट बच्नुपर्छ । बजारमा पाइने प्याकेज गरिएका जुसहरू पनि खानु हुँदैन ।

बोसोसहितको मासु
मधुमेहका बिरामीहरूले चिसो समयमा बोसो भएको मासु खानु निकै घातक हुन्छ । यसमा भएको बोसो मधुमेहका बिरामीका लागि निकै घातक हुन्छ । यसका ािथै रातो मासु समेत नखानका लागि जनस्वास्थ्य विज्ञहरूले सल्लाह दिने गरेका छन् । 

तेलमा तारिएको खाना
चिसो समयमा तेलमा धेरैबेर तारिएको खानेकुरा खानबाट टाढै रहनुहोस् । यसमा भएको चिल्लो पदार्थले शरीरको लागि राम्रो गर्दैन । चिप्स, पकौडा जस्ता खानेकुराहरू तेलमा धेरै नै तारेर बनाइन्छ । मधुमेहका बिरामीहरूले यी चिज खानबाट बच्नुपर्छ । 

अल्कोहल
इन्सुलिन लिने बिरामीहरूमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । यसकारण यस्ता बिरामीहरूले अल्कोहल सेवन गर्नु सामान्य मानिसहरूले सेवन गर्नुको तुलनामा धेरै खतरा हुन्छ।  त्यसकारण मधुमेहका बिरामीहरूले अल्कोहल सेवनबाट टाढै बस्नुपर्छ । 

सोडा तथा गुलीयो खाना
मधुमेहका बिरामीहरूले सोडा तथा चिनीको मात्रा धेरै राखिएको खानेकुरा खानु उचित हुँदैन । बजारमा पाइने सूप, जुस वा प्याकेटमा बन्द गरिएका खानेकुराहरूमा यस्तो चीज धेरै राखिन्छ । 

मह
महमा कार्बोहाइड्रेटको मात्रा एकदम धेरै हुन्छ । यसले शरीरलाई उर्जा त दिन्छ तर मधुमेहका बिरामीहरूका लागि भने सताउँछ । बजारमा पाइने मह झन् विकारयुक्त हुन्छ । त्यसकारण मधुमेहका बिरामीहरूले यी चीजहरूको सेवनबाट टाढै रहनु उपयुक्त हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x