×

NMB BANK
NIC ASIA

'हिजो पार्टी जस्तो थियो र ? च्याउँच्याउँ र म्याउँम्याउँ..., उहाँहरू गएपछि पार्टीमा उत्साह छ'

माघ १५, २०७७

NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री एवं नेकपा (ओली समूह)का अध्यक्ष केपी शर्मा ओलीले आजको दिनमा आफ्नो पार्टी देशकै सबैभन्दा एकताबद्ध पार्टी भएको जिकिर गरेका छन् ।

Muktinath Bank

नेकपा निकट मजदूर संगठन जिफन्टको ओली पक्षीय भेलालाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी आज देखिएको जस्तो एकता कैयौं वर्षदेखि देख्न नपाएको स्मरण गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी विभाजनप्रति चिन्तित कार्यकर्तालाई आश्वस्त पार्दै ओलीले भने–


Advertisment
Nabil box
Kumari

'हामीलाई मनमा कस्तो–कस्तो लाग्न सक्छ, पार्टी फुट्यो भनेर ! आज पार्टीमा जस्तो एकता छ, त्यस्तो एकता कति वर्षदेखि थिएन ? आज हाम्रो पार्टी देशमै सबैभन्दा एकताबद्ध पार्टी हो । नेपालमा सबैभन्दा अनुशासित पार्टी नै हाम्रो पार्टी हो ।'

Vianet communication

ओलीले विभाजनअघिको नेकपालाई इतिहासकै गएगुज्रेको पार्टीका रूपमा चित्रित गरे ।

'हिजो नेपालका पर्टीहरूमध्ये सबैभन्दा अराजक, अनुशासनहीन, गएगुज्रेको र गैताल पार्टी नै हाम्रो पार्टी बन्यो । पार्टी, पार्टी जस्तो थियो र ? बैठक, बैठक जस्तो थियो र ? यताबाट उठेर एउटा कराउँछ, उताबाट अर्को कराउँछ च्याउँच्याउँ र म्याउँम्याउँ गरेर ..., अहिले पार्टी त्यस्तो छैन । एउटै ध्येय, एउटै धारणा, एउटै लक्ष्य विकास र समृद्धि !' ओलीले भने ।

प्रचण्ड–नेपाल समूह बाहिरिएपछि पार्टीमा उत्साह छाएको ओलीले बताए ।

'आजभोलि शरीर किन टनटन टनटन दुखिरहेको छैन भनेको त्यही पिलो निचोरिएर रहेछ, बिमारी के रहेछ भन्दा त्यही पिलो रहेछ,' प्रचण्ड–नेपाल समूहतर्फ लक्षित गर्दै ओलीले भने, 'उहाँहरू जानुभयो, आज पार्टीमा उत्साह छ । पार्टी गतिशील छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x